बुद्धपार्कमा पर्यटकको चहलपहल बढ्यो « Khabarhub

बुद्धपार्कमा पर्यटकको चहलपहल बढ्यो


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको चौतारास्थित बुद्धपार्कमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । चारैतिर सुन्दर देखिने पहाडका बस्ती र चिटिक्क देखिने सदरमुकाम चौतारा बजार नजिकै रहेको बुद्धको प्रतिमासहितको पार्कबाट देखिने प्राकृतिक सुन्दरताले धेरैको मन लोभ्याउने गरेको छ ।

शान्तिको प्रतीक बुद्धलाई डाँडाकाँडाले घेरिएको प्राकृतिक सुन्दरता, हरियो वातावरणमा बादलले छोपिएको सुन्दर पहाड र बस्ती, जिल्ला सदरमुकाम चौताराको पर्यटकीय बुद्धपार्क प्रकृति र बौद्ध संस्कृतिको ध्वजापताकाले सिङ्गारिएको छ । घना जङ्गलबीच दारेगौँडाको पानी ट्याङ्की  डाँडामा हजार सिडी चढेपछि भगवान् गौतमबुद्धको प्रतिमासहितको बुद्धपार्कमा पुगिन्छ । 

हरिया पहाड र मौसम खुलेको दिनको नीलो आकासले धेरैको मन लोभ्याउने गरेको छ । २०७८ सालमा निर्माण गरिएको  यस पार्कमा अहिले दैनिक सयौँ सङ्ख्यामा अवलोकनकर्ताहरू पुग्ने गरेको स्थानीय होटल व्यवसायी रामचन्द्र गौतमले जानकारी दिए । पर्यटकको चहलपहलसँगै स्थानीय व्यवसायीमा उत्साह थपिएको छ । पार्कको निर्माण भएसँगै पर्यटक लक्षित पूर्वाधारले गति लिएको छ । त्यस्तै चौतारा आउने पर्यटकका लागि यो पार्क छुटाउनै नहुने गन्तव्यका रुपमा विकास गरिएको  चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए । 

बुद्धपार्क र आसपासमा बन्दै गरेका पूर्वाधारले पर्यटकको सङ्ख्या अझै बढ्न सक्ने सापकोटाको अनुमान छ । बुद्धपार्कले छोटो समयमा पर्यटक तान्न थालेको स्थानीय सन्तोष भण्डारी बताउँछन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  २ : ५० बजे

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल

दमौली- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील

कांग्रेस नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यकोशपथ बिहीबार

ललितपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ

कुहिरोको घुम्टोभित्र हराएको मानुङकोट, बढ्न थाल्यो आन्तरिक पर्यटकको चहलपहल

दमौली– बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको

शुक्रबारसम्म देशका विभिन्न भू-भागमा मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनता भेट्न मन्त्री जानुपर्छ : भूमिमन्त्री

चितवन– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा