‘नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले’ « Khabarhub

‘नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले’


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने योजना र प्रतिबद्धता भएको मुलुकमा एकमात्र पार्टी एमाले भएको बताएका छन् । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले भएको बताएका हुन् । ‘नेपाललाई बलियो योजना र प्रतिबद्धतासहितको राष्ट्रिय शक्ति चाहिएको छ’, एमाले अध्यक्ष ओलीले भने , ‘देशको विकास गर्ने र जनताको बलियो आधार भएको एमाले पार्टी हो ।’

देशको राष्ट्रियताको संरक्षण, मुलुकमा स्थायी शान्ति कायम गर्ने र जनताको भावना बुझेर विकास निर्माणको काम अघि बढाउने पार्टी भएको भन्दै उनले थपे, ‘आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी मत दिनुस्, एक्लैले सरकार बनाउँछ ।’

अध्यक्ष ओलीले नेपालीले सहजतापूर्वक जीवनयापन गर्न मुलुकमा गरिबी निवारण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको आवश्यकता भएको र नेपाली जनताको ओइलाएका विश्वासलाई पुनर्जागरण गर्नुका साथै देशभक्तिको भावना जागृत गर्न पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।संसारमै भएका नेपालीले देशलाई पीडा परेका बेलामा सहयोग गरेको स्मरण गर्दै उनले भने, ‘भूकम्प, बाढीपहिरो, कोभिड-१९ आदि जस्ता महामारीको पीडामा मलम लगाउने हातलाई म धन्यवाद दिन चाहन्छु, आगामी दिनमा पनि यहाँको यस्तै सहयोग भइरहोस् ।’

पूर्वप्रधानमन्त्री ओलीले प्रवासी नेपालीको योगदान उत्कृष्ट रहेको र नेपाल, नेपाली जनता, लोकतन्त्र, शान्ति, समृद्धिका क्षेत्रमा पनि सहयोग गर्न र आफूलाई बेवास्ता गरी राष्ट्रिय हितलाई मुख्य केन्द्रमा राखेर काम गरेकोप्रति उच्च प्रशंसा गरे।

कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार, आचरण र क्रियाकलाप उच्च नैतिक चरित्रको हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले विश्वमा जुनसुकै ठाउँमा बसेपनि जन्मभूमि र जन्मभूमिका नेपालीलाई नबिर्सन आग्रह गरे ।

विश्वभर छरिएर रहेका प्रवासी नेपालीको साझा सङ्गठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन आज काठमाडौँमा सुरु भएको हो । दुईदिनसम्म चल्ने अधिवेशनको ‘सबल प्रवासी : समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अधिवेशनमा ३७ देशबाट ३०० प्रतिनिधिको छन्। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ कार्यसमिति अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित ३१ सदस्यीय हुनेछ ।

प्रवासी नेपाली मञ्चको इन्चार्जका रुपमा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख डा राजन भट्टराईले प्रवासी नेपालीको देशको आर्थिक तथा सामाजिक विकासमा ठूलो भूमिका रहेको र ऊनीहरूको सहयोग र सहकार्यलाई पार्टीले उच्च मूल्यांकन गरेको बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ४ : ०८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको