जसपाको प्रतिबद्धता : ‘एक परिवार एक रोजगार’ « Khabarhub

जसपाको प्रतिबद्धता : ‘एक परिवार एक रोजगार’


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालले प्रत्येक घरपरिवारलाई आर्थिक रुपमा सम्पन्न बनाउन ‘एक परिवार, एक रोजगार’को नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९ का लागि आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै जसपाले मुलुकमा प्रशस्त रोजगारीका अवसर सिर्जना हुने गरी आर्थिक नीति तय गर्ने जनाएको हो । 

श्रम संस्कृतिलाई प्रोत्साहित गर्ने, वैदेशिक रोजगारमा जानुअघि श्रमिकलाई आवश्यक सीपमूलक तालिम प्रदान गर्ने व्यवस्था गरिने जसपाको प्रतिबद्धता पत्रमा उल्लेख छ । देशभित्रै रोजगारी सिर्जना गर्नका लागि सहरी क्षेत्रमा रोजगार बैंकको स्थापना र शिक्षित बेरोजगारलाई शैक्षिक प्रमाणपत्र धितो राखी स्वरोजगार व्यवसाय गर्न प्रोत्साहित गर्ने जसपाले जनाएको छ । 

जसपाले बेरोजगार नागरिकलाई भत्ताको व्यवस्था गर्ने, सीमान्तकृत तथा लोपोन्मुख समुदायलाई रोजगारीको विशेष व्यवस्था गर्ने, वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि हुने अनियमितता र शोषणलाई अन्त्य गर्न सम्बन्धित मुलुकको दूतावासमा विशेष कक्षको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेको छ । 

एपमार्फत बजार विस्तार

जसपाले स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरण मोबाइल एपमार्फत गर्ने प्रतिबद्धता व्यक्ति गरेको छ । नेपालका आदिवासी जनजातिका सीप, कला र ज्ञानको प्रयोग गरी उत्पादित वस्तुको अन्तर्राष्ट्रियस्तरमा ‘ब्रान्डिङ’ गर्न ‘मेक इन नेपाल बाई इन्डिजिनियस ह्यान्डस्’ नारा तय गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ४ : २९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको