निर्वाचनमा नेपाल-भारत सीमा बन्द हुने  « Khabarhub

निर्वाचनमा नेपाल-भारत सीमा बन्द हुने 


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

भैरहवा– मङ्सिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म नेपाल-भारत सीमा बन्द हुने भएको छ । आज रूपन्देहीमा बसेको नेपाल-भारत सीमावर्ती जिल्लाका उच्च सुरक्षा अधिकारीहरूको बैठकले सीमा बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमावर्ती सुरक्षा समस्यालाई सम्बोधन गर्न बैठकमा सीमावर्ती क्षेत्रमा दुबै पक्षबाट कानूनको परिपालना गराउने, सबै प्रकारका गैरकानूनी कार्य नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने निर्णय भएको उनले बताए । साथै सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, लागू औषध ओसारपसार, मानव बेचबिखनका विषयमा जनचेतनाका कार्यक्रम सञ्चालन, निगरानी तथा सुरक्षा उपायहरू अपनाउने, जाली नोट नियन्त्रण लगायतका साझा सवालमा निर्णय भएको अर्यालले बताए । 

साथै उक्त निर्णय दुबै पक्षबाट कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत बैठकमा भएको छ । नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय, रूपन्देही कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरू र भारतका तर्फबाट सिद्धार्थनगर र महाराजगञ्ज जिल्लाका प्रमुख, सुरक्षा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ४ : ३५ बजे

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना

चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

बनेपा– आगामी बडादसैँ, दीपावली र छठलगायतका चाडपर्वलाई लक्षित गरी जिल्लाका

कांग्रेस सभापतिमा उम्मेदवारी दिने किशोरसिंह राठौरको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने

किर्तिपुर क्राउन्सलाई यू–१९ गर्ल्स बास्केटबलको उपाधि

काठमाडौँ– यू–१९ गर्ल्स बास्केटबल लिगको उपाधि किर्तिपुर क्राउन्सले जितेको छ।

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।