आगामी निर्वाचन : स्वतन्त्रसहित दलहरूको प्रचारप्रसार तीव्र | Khabarhub Khabarhub

आगामी निर्वाचन : स्वतन्त्रसहित दलहरूको प्रचारप्रसार तीव्र


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रमुख राजनीतिक दलका अलावा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले आआफ्नो क्षेत्रभित्र प्रचारप्रसारको कामलाई तीव्र पारेका छन् । मतदाताका घर आँगनमा पुगेर उम्मेदवारले आफ्ना एजेण्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् । 

यसै क्रममा काठमाडौँको क्षेत्र नं ९ का उम्मेदवारले पनि मतदातासँग मत मागिरहेका छन् । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट  सो क्षेत्रका उम्मेदवार कल्पना धमला र प्रदेशसभातर्फ २ का उम्मेदवार श्यामकृष्ण खड्काले आज चन्द्रागिरि नगरपालिका-१ दहचोकमा मतदातासँग मत मागेका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनको महिला परिचालन तथा समन्वय समितिले आयोजना गरेको उम्मेदवार परिचयात्मक वडास्तरीय महिला भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उम्मेदवार धमलाले संविधानको रक्षा र विकास तथा समृद्धिको लक्ष्य पूरा गर्ने उद्देश्यका साथ आफूहरू निर्वाचनको मैदानमा उत्रिएको बताए ।

उनले जनताको मतको दुरुपयोग नगर्ने, संविधानविपरीत गएर कुनै पनि काम नगर्ने, भ्रष्टाचार नगर्ने तथा जनताको दुःखसुखमा साथ दिने दृढता व्यक्त गरे । नेकपा (माओवादी केन्द्र) का नेत्रीसमेत रहेका उम्मेदवार धमलाले नेपाली जनताको शिर निहुराउने खालका कुनै पनि काम नगर्ने तथा आफू यही क्षेत्रको भएकाले कुनै अविश्वास नगर्न आग्रह गरे ।

उम्मेदवार धमलाले ६० वर्ष पुगेपछि आफू कुनै पनि कार्यकारी पदमा नबस्ने उल्लेख गर्दै विपक्षी उम्मेदवारभन्दा आफूले देश र जनताका पक्षमा धेरै सङ्घर्ष गरेको कुरा मतदाताले जानकारी पाएको बताए ।

कार्यक्रममा प्रदेशसभातर्फ २ का उम्मेदवार खड्काले वाम लोकतान्त्रिक गठबन्धनले मुलुकको दिगो हित र दीर्घकालीन लक्ष्य राखेकाले पराजित हुने छुट नभएको बताए । सो अवसरमा गठबन्धनका उम्मेदवारले सडक, पर्यटन तथा सीपमूलक रोजगारी तथा उद्यमशीलताको विकासका सन्दर्भमा आआफ्ना एजेण्डा प्रस्तुत गरेका थिए । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ उम्मेदवार छन् । 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ५ : १८ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम