अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार र युक्रेनी राष्ट्रपतिबीच भेटवार्ता « Khabarhub

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार र युक्रेनी राष्ट्रपतिबीच भेटवार्ता


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग किभमा भेटवार्ता गरेका छन् । जारी रुसी आक्रमणबीच अमेरिकाले ४०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता प्याकेजको घोषणा गरेको छ ।

‘राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्माक, रक्षामन्त्री रेज्निकोभ र अन्य नेताहरूसँग किभमा भेटवार्ता गरेको र युक्रेन र त्यहाँका जनतालाई संयुक्त राज्य अमेरिकाको दृढ समर्थन रहेकोमा पुनः जोड दिइएको छ’ राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले सुलिभानले थप ४०० मिलियन अमेरिकी डलरको सुरक्षा सहायता प्याकेज घोषणा गरेको र त्यस सहायता प्याकेजमा नवीकरण गरिएको टी–७२ ट्याङ्कहरू, मानवरहित हवाई वाहनहरू र विभिन्न सैन्य सामग्री हस्तान्तरण गरेको समेत जानकारी दिएका छन् ।

अमेरिकी सुरक्षा सल्लाहकारले पनि उनीहरूले आर्थिक र मानवीय सहायता जारी राख्ने र रुसलाई आक्रमणका लागि जवाफदेही बनाउन साझेदारहरूसँग जारी प्रयास जारी राख्ने बताएका छन् ।

यसअघि अमेरिकाले रुस–युक्रेन युद्धको बीचमा क्यालिफोर्नियाको टेट्रा टेक इन्कलाई ४७.६ मिलियन अमेरिकी डलर दिएर युक्रेनमा धरापसम्बन्धी तालिम परियोजना शुरु गरेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ६ : २८ बजे

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल उद्योग वाणिज्य संघका

इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकामाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति

रूसमा युक्रेनी आक्रमण : १३ जनाको मृत्यु, ७५ घाइते

एजेन्सी– रूसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित

अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता

एजेन्सी– क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज र भियतनामका राष्ट्रपति टो

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद गर्‍यो

भद्रपुर– सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी