इरानमा भएकाे हिजाब विरोधी प्रदर्शनमा १० जनाको मृत्यु « Khabarhub

इरानमा भएकाे हिजाब विरोधी प्रदर्शनमा १० जनाको मृत्यु


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाबविरोधी प्रदर्शनविरुद्ध शुक्रबार भएको प्रदर्शनमा बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ ।

रिपोर्टमा भनिएको छ, ‘इरानी सुरक्षा बलले सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य शहरमा गभर्नरको कार्यालयको छत र अन्य धेरै भवनहरूबाट शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि गोली चलाएको थियो ।’इरानी सरकारी सञ्चारमाध्यम र अधिकारवादी समूहका अनुसार खाशलगायत दक्षिणपूर्वी इरानका विभिन्न सहरमा शुक्रबार अधिकारीहरूविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेको छ ।

सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको शहरको एउटा भिडियोमा भवनबाट धुवाँको मुस्लो उठिरहेको देखिएको छ ।खाशबाट इरानीवायर नामक अधिकारकर्मीले सीएनएनलाई शेयर गरेको भिडियोमा पृष्ठभूमिमा ठूलो आवाजमा गोली चलेपछि कैयौँ प्रदर्शनकारी घाइते र अचेत अवस्थामा रहेको देखिन्छ ।

यसैबीच, देशको अर्ध–सरकारी फार्स समाचार एजेन्सीले ट्विटरमा जलेका कारहरू र क्षतिग्रस्त भवनहरूको तस्वीरहरू पोस्ट गरेको छ । तस्बीरको क्याप्सनमा प्रदर्शनकारीहरूलाई क्षतिको लागि जिम्मेवार ठह¥याइएको उल्लेख छ ।फार्सले ट्वीटमा भनेको छ, “खाशमा शुक्रबार भएको अशान्तिका क्रममा कैयौं व्यक्तिको मृत्यु भएको छ र घाइते भएका छन् ।

तेहरानमा प्रहरीले हिरासतमा लिएकी २२ वर्षीया कुर्दिश महिला महसा अमिनीको मृत्युको विरोधमा देशव्यापी विरोध प्रदर्शन भइरहेका बेला शुक्रबार हिंसा भएको हो । सिएनएनका अनुसार प्रहरी प्रमुखले एक बलोच बालिकालाई बलात्कार गरेको आरोप लागेपछि हालै सिस्तान र बलुचिस्तानराज्यको राजधानी जाहेदानमा पनि ठूलो सङ्ख्यामा प्रदर्शन भएका छन् ।

पाकिस्तान र अफगानिस्तानको छिमेकी यो प्रान्तमा लामो समयदेखि उत्पीडनमा परेका सुन्नी मुस्लिम बलोच जातीय अल्पसङ्ख्यक समुदायका सदस्यहरू बसोबास गर्छन् र यो क्षेत्र लामो समयदेखि अशान्त रहेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ८ : ०४ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका