इरानमा भएकाे हिजाब विरोधी प्रदर्शनमा १० जनाको मृत्यु | Khabarhub Khabarhub

इरानमा भएकाे हिजाब विरोधी प्रदर्शनमा १० जनाको मृत्यु


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाबविरोधी प्रदर्शनविरुद्ध शुक्रबार भएको प्रदर्शनमा बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ ।

रिपोर्टमा भनिएको छ, ‘इरानी सुरक्षा बलले सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य शहरमा गभर्नरको कार्यालयको छत र अन्य धेरै भवनहरूबाट शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि गोली चलाएको थियो ।’इरानी सरकारी सञ्चारमाध्यम र अधिकारवादी समूहका अनुसार खाशलगायत दक्षिणपूर्वी इरानका विभिन्न सहरमा शुक्रबार अधिकारीहरूविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेको छ ।

सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको शहरको एउटा भिडियोमा भवनबाट धुवाँको मुस्लो उठिरहेको देखिएको छ ।खाशबाट इरानीवायर नामक अधिकारकर्मीले सीएनएनलाई शेयर गरेको भिडियोमा पृष्ठभूमिमा ठूलो आवाजमा गोली चलेपछि कैयौँ प्रदर्शनकारी घाइते र अचेत अवस्थामा रहेको देखिन्छ ।

यसैबीच, देशको अर्ध–सरकारी फार्स समाचार एजेन्सीले ट्विटरमा जलेका कारहरू र क्षतिग्रस्त भवनहरूको तस्वीरहरू पोस्ट गरेको छ । तस्बीरको क्याप्सनमा प्रदर्शनकारीहरूलाई क्षतिको लागि जिम्मेवार ठह¥याइएको उल्लेख छ ।फार्सले ट्वीटमा भनेको छ, “खाशमा शुक्रबार भएको अशान्तिका क्रममा कैयौं व्यक्तिको मृत्यु भएको छ र घाइते भएका छन् ।

तेहरानमा प्रहरीले हिरासतमा लिएकी २२ वर्षीया कुर्दिश महिला महसा अमिनीको मृत्युको विरोधमा देशव्यापी विरोध प्रदर्शन भइरहेका बेला शुक्रबार हिंसा भएको हो । सिएनएनका अनुसार प्रहरी प्रमुखले एक बलोच बालिकालाई बलात्कार गरेको आरोप लागेपछि हालै सिस्तान र बलुचिस्तानराज्यको राजधानी जाहेदानमा पनि ठूलो सङ्ख्यामा प्रदर्शन भएका छन् ।

पाकिस्तान र अफगानिस्तानको छिमेकी यो प्रान्तमा लामो समयदेखि उत्पीडनमा परेका सुन्नी मुस्लिम बलोच जातीय अल्पसङ्ख्यक समुदायका सदस्यहरू बसोबास गर्छन् र यो क्षेत्र लामो समयदेखि अशान्त रहेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ८ : ०४ बजे

बैतडीमा महिला- बालबालिका हराउने क्रम बढ्दो, ५२ जनाको अवस्था अज्ञात

बैतडी– भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने

‘कन्चना ४’ बाट तमिल सिनेमामा डेब्यु गर्दै नोरा फतेही

काठमाडौं – हाल आफ्नो पेशागत यात्राको सफलता भोगिरहेकी क्यानेडियन डान्सर

धरान–४ र १४ जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त

धरान– अविरल वर्षासँगै सेउती खोलामा आएको बाढीका कारण धरान उपमहानगरपालिका–१४

गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा हुने 

काठमाडौं– हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको

पार्टी स्थापना दिवस मनाउन एकीकृत समाजवादीको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै जिल्ला कमिटीलाई