जम्मु कश्मीरमा पनि विद्युतीय बस चल्ने « Khabarhub

जम्मु कश्मीरमा पनि विद्युतीय बस चल्ने


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको जम्मु कश्मीरमा पनि विद्युतीय सवारी चल्ने भएका छन् । जम्मु कश्मीरको राजधानी श्रीनगर र जम्मु सहरमा २ सय वटा विद्युतीय बस चल्ने भएका हुन् ।

सरकारले वातावरणीय, सामाजिक, आर्थिक एवम् आर्थिक रुपमा दिगो सार्वजनिक सवारी साधनका लागि पहल गरेसँगै जम्मु कश्मीरमा विद्युतीय बस सञ्चालन हुने भएको हो ।

यसका लागि जम्मु कश्मीरका प्रमुख अरुण कुमार मेहताको रोहबरमा टाटा मोटर्स र चलो मोबिलिटीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको भारतीय टेलिभिजन टाइम्स नाउको अनलाइन संस्करणले जनाएको छ ।

विद्युतीय बसले दुबै सहरमा सार्वजनिक यातायातमा व्यापक परिवर्तन ल्याउने मेहताको विश्वास छ । उनले सहरबासीलाई आधुनिक सुविधा दिन सरकार तयार रहेको समेत बताए ।

विद्युतीय बसमा सीसीटीभी, स्थानसूचक प्रणाली एवम् अन्य सुरक्षात्मक व्यवस्था समेत रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ८ : ४७ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न