मेलम्चीका आगलागी पीडितलाई आर्थिक सहयोग « Khabarhub

मेलम्चीका आगलागी पीडितलाई आर्थिक सहयोग


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – मेलम्ची–११ का आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ ।

मेलम्ची बजारका व्यवसायी तथा संस्थाबाट सङ्कलन गरिएको रु चार लाख ३२ हजार ९५ रकम आइतबार उनीहरुलाई हस्तान्तरण गरिएको हो । गत काक्तिक ७ गते आगलागीबाट एकघरमा रहेको चार पसल, होटल, बेकरी तथा घरमा गरी करोडौँको क्षति भएको थियो ।

यसपछि विभिन्न समाजसेवी, राजनीतिक दल र बजारका अगुवाका नेतृत्वमा राहत सङ्कलन अभियान सञ्चालन गरेर सो रकम जम्मा गरिएको थियो । सङ्कलित रकम घरधनी दीपक दुलाललाई रु एक लाख, न्यु मेलम्ची सप्लायर्सका हरिशरण श्रेष्ठलाई रु दुई लाख १२ हजार, विजी बेकरीका प्रवीण देउजालाई रु ७० हजार र होटल व्यवसायी रीना गौतमलाई रु ५० हजार वितरण गरिएको अभियानका अगुवा सागर श्रेष्ठले जानकारी दिए । यसअघि मेलम्ची ब्याडमिन्टन एकेडेमीका सदस्यबाट सङ्कलित रु ७० हजार र मेलम्ची नगर उद्योग वाणिज्य सङ्घले पनि रु ७४ हजार प्रभावितलाई सहयोग गरेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ७ : २१ बजे

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००