पानीविनाको ‘आँखा पोखरी’ « Khabarhub

पानीविनाको ‘आँखा पोखरी’


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा निर्माण गरिएको आँखा पोखरी नाममा मात्र सिमित भएको छ। २०७५ साउन २६ गते उद्घाटन गरिएको आँखा पोखरी पानी व्यवस्थापन गर्न सकिएको छैन। ऐतिहासिक महुरेगढी नजिक किराँती राजा भ्रमराजले विक्रम संबत १८३० मा निर्माण गरेको पोखरीलाई कंक्रिट गरेर आँखा आकारको पोखरीको रुप दिइएको थियो।

मध्यपहाडी लोकमार्ग र सगरमाथा राजमार्गको संगमस्थलकारुपमा रहेको महुरेमा ५१ लाखको लागतमा निर्माण गरिएको ३२ मिटर लम्बाई भएको आँखा पोखरी अहिले सुक्खा पोखरीमा परिणत भएको छ। नगरपालिकाको ४३ लाख र स्थानीयवासीको आठ लाख बराबरको जनश्रमदानमा बनाइएको पोखरीकोबीच भागमा ब्रिज डाईनिङ र आसपासमा रेलिङ बार राखिएको छ। पोखरी निर्माणमा पर्यटन मन्त्रालयको बजेट समेत खर्च भएको छ। तर, मुहान व्यवस्थापन नहुँदा पोखरीमा पानी भर्न समस्या भएको छ। समुन्द्री सहतदेखि करिब दुई हजार दुई सय मिटरको उचाईमा रहेको महुरेगढीको पर्यटन प्रवर्द्धनका लागि भन्दै बनाइएको पोखरीमा नियमित पानी व्यवस्थापन नहुँदा बजेट खर्च मात्र भएको स्थानीय बताउँछन्।

आँखा पोखरीका लागि पानीको छुट्टै श्रोत व्यवस्थापन गरिएको छैन। खानेपानीको पाइप चुँडाएर पोखरीमा पानी हाल्ने गरिएको थियो। तर, पिउने पानीकै अभाव हुन थालेपछि पोखरीमा पानी नपुगेको नुनथलाका पुर्ववडाध्यक्ष भीम राई बताउँछन्। ‘पोखरीका लागि मुहानको व्यवस्था छैन। हलेसीतिर लगेको खानेपानीको पानी निकालेर हाल्ने गरिएको थियो,’ राईले भने, ‘अहिले खानेपानी छैन। कहाँबाट पोखरीमा पानी हाल्नु ! सुक्खा पोखरी भइसक्यो।’

पुष्पलाल मध्यपहाडी लोकमार्गको क्षेत्र सेन्टरबाट दायाँ–बायाँ ६२ मिटर कायम गरिएको छ। त्यो बेला मापदण्ड मिचेर मध्यपहाडी लोकमार्ग क्षेत्रभित्र पोखरी निर्माण गरिएको भन्दै  विरोध भएको थियो। पोखरी निर्माणका क्रममा नगरपालिकाले वडा कार्यालय नुनथलासँग समन्वय पनि गरेको थिएन। अहिले सगरमाथा राजमार्ग कालोपत्रे गर्नेक्रममा सडक फराकिलो बनाउँदा पोखरीको बारलाई मिचेर माटो थुपारिएको छ। मध्यपहाडी र सगरमाथा राजमार्ग थप फराकिलो बनाउनेक्रममा भविष्यमा पोखरीलाई थप क्षति पुग्ने देखिएको छ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १२ : ५९ बजे

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

राप्रपा फुटको संघारमा, कार्यकर्तालाई एकजुट हुन तीन पूर्वअध्यक्षको अपिल

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक असन्तुष्टि