उन्नत गाई आयात गर्दा बागमती प्रदेश सरकारले ढुवानी भाडा दिने « Khabarhub

उन्नत गाई आयात गर्दा बागमती प्रदेश सरकारले ढुवानी भाडा दिने


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डले उन्नत गाई आयात गर्न इच्छुक संस्था वा फार्मलाई ढुवानी भाडा अनुदान दिने भएको छ । सोमबार यसका लागि बोर्ड प्रस्ताव आह्वान गरेको छ ।

प्रदेशको आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रममा उन्नत गाई आयातमा ढुवानी अनुदान कार्यक्रम राखिएको छ । जसअनुसार प्रस्ताव आह्वान गरेको हो । नस्ल सुधारका लागि विदेशबाट गाई आयात गर्नका लागि यस्तो सुविधा दिन लागेको हो ।

कतिसम्म पाइन्छ अनुदान ?
हवाई माध्यमबाट आयात गर्दा ढुवानीबापत प्रति गाई बढीमा एक लाख रुपैयाँसम्म पाइने उल्लेख छ । अनुदान बागमतीका १३ वटै जिल्लाका किसानको हकमा लागू हुने कार्यविधिमा उल्लेख छ । बागमतीका काभ्रे, चितवन, मकवानपुरमा धेरै गाई पालन हुने गर्दछ । मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/०८० मा विदेशबाट हवाई मार्ग मार्फत गाई ढुवानी गर्नका लागि अनुदान रकम दिने जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १ : ०४ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।