उन्नत गाई आयात गर्दा बागमती प्रदेश सरकारले ढुवानी भाडा दिने « Khabarhub

उन्नत गाई आयात गर्दा बागमती प्रदेश सरकारले ढुवानी भाडा दिने


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डले उन्नत गाई आयात गर्न इच्छुक संस्था वा फार्मलाई ढुवानी भाडा अनुदान दिने भएको छ । सोमबार यसका लागि बोर्ड प्रस्ताव आह्वान गरेको छ ।

प्रदेशको आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रममा उन्नत गाई आयातमा ढुवानी अनुदान कार्यक्रम राखिएको छ । जसअनुसार प्रस्ताव आह्वान गरेको हो । नस्ल सुधारका लागि विदेशबाट गाई आयात गर्नका लागि यस्तो सुविधा दिन लागेको हो ।

कतिसम्म पाइन्छ अनुदान ?
हवाई माध्यमबाट आयात गर्दा ढुवानीबापत प्रति गाई बढीमा एक लाख रुपैयाँसम्म पाइने उल्लेख छ । अनुदान बागमतीका १३ वटै जिल्लाका किसानको हकमा लागू हुने कार्यविधिमा उल्लेख छ । बागमतीका काभ्रे, चितवन, मकवानपुरमा धेरै गाई पालन हुने गर्दछ । मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/०८० मा विदेशबाट हवाई मार्ग मार्फत गाई ढुवानी गर्नका लागि अनुदान रकम दिने जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १ : ०४ बजे

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००