ढिलासुस्ती गर्ने निर्माण कम्पनीले बुझाए कार्यविवरण | Khabarhub Khabarhub

ढिलासुस्ती गर्ने निर्माण कम्पनीले बुझाए कार्यविवरण


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको महुरे–सिमपानी (राजापानी) सडक निर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले नगरपालिका समक्ष कार्य विवरण पेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्देशनपछि महुरेदेखि राजापानीको सिमपानी ९२२ किलोमिटर० सडक खण्ड कालोपत्रेको काम गरिरहेको भारत कन्ट्रक्सनरसिद्धी शाही जेभीले कार्य विवरण पेश गरेको हो ।

मेयर तीर्थराज भट्टराईले गत ३ कात्तिकमा पत्रकार सम्मेलनमार्फत अलपत्र १७ योजना र सम्वद्ध निर्माण कम्पनीको विवरण सार्वजनिक गर्दै भएका प्रगती, मासिक कार्ययोजना र मासिक प्रगती विवरण बुझाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए ।

उदयपुरको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङभित्र पर्ने महुरे–फोक्सिङटार ९४९ किलोमिटर० खण्डको महुरे–राजापानी सडक कालोपत्रेको काम भारत कन्ट्रक्सनरसिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार ९२७ किलोमिटर० खण्डको ठेक्का देवनारायण पवनरमैनाचुलीरखाम्पाचे जेभीको जिम्मामा छ । तर, दुबै खण्डको कालोपत्रेको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराईले बताए । महुरे–फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पुर्वी शहर आउजाउ गर्ने छोटो दुरीको बाटो हो ।

भारत कन्ट्रक्सनरसिद्धी शाही जेभीका प्रतिनिधि सन्तोष ढकालले १६ मंसिरदेखि १३ पुससम्मको कार्यविवरण पेश गरेका हुन् । भारत कन्ट्रक्सनरसिद्धी शाही जेभीले १६ मंसिरदेखि हप्ता दिनसम्म सव–बेस मर्मत गर्ने, २३ मंसिरदेखि १० दिनसम्म बेस क्रसर उत्पादन गरी बेस बोक्ने, ३ पुसदेखि १० दिनसम्म बेस फिँजाउने र १३ पुसदेखि ४ किलोमिटरमा डिबीएसटी ९पिच०को काम सुरु गर्ने कार्यविवरण पेश गरेको मेयर भट्टराईले बताए । कार्यविवरणमा विविध कारणले कालोपत्रेका क्रममा अवरोध भएमा नगरपालिकालाई जानकारी गराउने र सहयोगको अपेक्षा राखेको उल्लेख गरिएको छ ।

भारत कन्ट्रक्सनरसिद्धी शाही जेभीले २९ असार २०७७ भित्र सम्पन्न गर्ने शर्तमा ३० असार २०७३ मा महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो ।

४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगती देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । सिद्धी शाही जेभीका दिपेन्द्र शाही कांग्रेस डोल्पा सभापति छन् । बीचमा ‘ग्याप’ गरेको निर्माण कम्पनीले कालोपत्रेको कामलाई सुचारु गराएको छ ।

 

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ९ : ०५ बजे

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

वीरगञ्ज– गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन

रुसमा ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

मस्को – रुसमा ८.७ म्यागिनच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि