काजकिस्तानको राजधानीमा निषेधाज्ञा जारी | Khabarhub Khabarhub

काजकिस्तानको राजधानीमा निषेधाज्ञा जारी


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काजकिस्तानका राष्ट्रपति कास्सिम–जोमार्ट तोकायेभले देशमा विरोध प्रदर्शनकाबीच राजधानी शहर नुर–सुल्तानमा आकस्मिक अवस्था लागू भएको घोषणा गरेका छन् ।

राष्ट्रपतिद्वारा बुधबार हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको सुरक्षाको लागि गम्भीर तथा प्रत्यक्ष खतरा रोक्न, सामाजिक सुरक्षा सुनिश्चित गर्न, कानूनी व्यवस्थाको पुनः स्थापना गर्न, नागरिकहरूको अधिकार र स्वतन्त्रताको रक्षा गर्न, हामीले सन् २०२२ जनवरी ५ देखि १२ सम्मको अवधिको लागि नूर–सुल्तान शहरभित्र आपतकालीन अवस्थाको घोषणा गरेका छौँ ।’

आपतकालीन अवस्थाका बेला नुर–सुल्तानमा प्रवेश र त्यहाँबाट बाहिरिन रोक लगाइने छ भने विरोध प्रदर्शन गर्न हतियार राख्ने अनुमति नभएका व्यक्तिहरुको हतियार जफत गरिनेछ ।

मध्यएसियाली मुलुक काजकिस्तानमा आन्दोनलका कारण अशान्ति भएको भन्दै सरकारले विजुलीको मुल्य बढेपछि सुरु भएको आन्दोलनमा सहभागीमध्ये २०० भन्दा बढीलाई पक्राउ गरिएको थियो ।

आन्दोलनकारीले सार्वजनिक यातायातका सेवालाई असर पारेको, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएकोलगायतका कारणले उनीहरुलाई पक्राउ गरिएको गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । आन्दोलनका क्रममा भएको झडपमा परी ९५ प्रहरी घाइते भएको पनि गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ७ : ०३ बजे

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

गलकोट– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प

डेङ्गुप्रति सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै सतर्कता अपनाउन

रिलायन्सको आइपीओ : कम्पनीको पक्षमा उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं– पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको पक्षमा अन्तरिम आदेश

पोखराबाट अरु सहरमा पनि हवाई उडान गर्नेबारे छलफल

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरहरूमा सीधा हवाई सेवा

राजेशको ‘कमब्याक’ मा विकसित किस्सा !

काठमाडौं – महानायक राजेश हमाल अमेरिकाबाट सिधै काठमाडौंको सुन्धारास्थित एक