काजकिस्तानको राजधानीमा निषेधाज्ञा जारी « Khabarhub

काजकिस्तानको राजधानीमा निषेधाज्ञा जारी


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काजकिस्तानका राष्ट्रपति कास्सिम–जोमार्ट तोकायेभले देशमा विरोध प्रदर्शनकाबीच राजधानी शहर नुर–सुल्तानमा आकस्मिक अवस्था लागू भएको घोषणा गरेका छन् ।

राष्ट्रपतिद्वारा बुधबार हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको सुरक्षाको लागि गम्भीर तथा प्रत्यक्ष खतरा रोक्न, सामाजिक सुरक्षा सुनिश्चित गर्न, कानूनी व्यवस्थाको पुनः स्थापना गर्न, नागरिकहरूको अधिकार र स्वतन्त्रताको रक्षा गर्न, हामीले सन् २०२२ जनवरी ५ देखि १२ सम्मको अवधिको लागि नूर–सुल्तान शहरभित्र आपतकालीन अवस्थाको घोषणा गरेका छौँ ।’

आपतकालीन अवस्थाका बेला नुर–सुल्तानमा प्रवेश र त्यहाँबाट बाहिरिन रोक लगाइने छ भने विरोध प्रदर्शन गर्न हतियार राख्ने अनुमति नभएका व्यक्तिहरुको हतियार जफत गरिनेछ ।

मध्यएसियाली मुलुक काजकिस्तानमा आन्दोनलका कारण अशान्ति भएको भन्दै सरकारले विजुलीको मुल्य बढेपछि सुरु भएको आन्दोलनमा सहभागीमध्ये २०० भन्दा बढीलाई पक्राउ गरिएको थियो ।

आन्दोलनकारीले सार्वजनिक यातायातका सेवालाई असर पारेको, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएकोलगायतका कारणले उनीहरुलाई पक्राउ गरिएको गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । आन्दोलनका क्रममा भएको झडपमा परी ९५ प्रहरी घाइते भएको पनि गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ७ : ०३ बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर– देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको

फ्रान्सका प्रशिक्षकले पद छाड्ने, जिदान नयाँ प्रशिक्षक बन्ने

काठमाडौँ – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडेर डेसच्याम्प्सले

बाढीले क्षति गरेपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत्

एमबाप्पेलाई अझै बाँकी छ कीर्तिमानको अवसर

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा बलियो दाबेदार मानिएको