चिसो बढेपछि तराईमा बिरामी बढे, बालबालिका र जेष्ठ नागरिक बढी जोखिममा | Khabarhub Khabarhub

चिसो बढेपछि तराईमा बिरामी बढे, बालबालिका र जेष्ठ नागरिक बढी जोखिममा


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – तराईका जिल्लामा शितलहरसँगै चिसो बढेपछि अस्पतालमा बिरामीको संख्या पनि बढ्न थालेको छ । भैरहवा, बुटवलमा रहेका मुख्य अस्पतालमा रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइटका बिरामी बढेका हुन् ।

चिसोका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको वरिष्ठ फिजिसियन डा. मनोहर जोशीले बताए । चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र अन्य व्यक्तिमा रूघाखोकीलगायतको समस्या हुने भएकाले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

रुपन्देहीका विभिन्न स्थानीय तहमा रहेका सरकारी अस्पतालमा समेत चिसोका कारण बिरामीको चाप बढ्न थालेको छ । चिसोका कारण सबैभन्दा बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित बनेका छन् ।

स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामी चिसोका कारण बढेको लुम्बिनी सांस्कृतिक नगरपालिका स्वास्थ्य शाखाका अहेव भोजराज पोखरेलले बताए ।

गौतमबुद्ध मुटु अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप बढ्ने र प्रायः सबै दीर्घकालीन रोग बढी गम्भीर बन्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवा लगायतका अस्पतालमा पुसको मध्यबाट रुघाखोकी, निमोनिया र टाईफाईडका बिरामी बढेका हुन् ।

‘चिसोबाट जोगिन हिटर अथवा आगो बालेर झ्यालढोका हावा नछिर्ने गरेर बन्द गर्छन् । यस्तो अवस्थामा निस्सासिएर ज्यान जाने सम्भावना हुन्छ,’ जोशीले भने, ‘हिटर बाल्दा झ्याल खुला राख्नुपर्छ ।’

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ७ : ५५ बजे

बाढीले स्याफ्रुबेँसी-रसुवागढी सडक फेरि बन्द

रसुवा– नेपाल चीनको सिमानामा अवस्थित ल्हेन्दे खोलामा गए राति पुनः

कालोपट्टी बाँधेर प्रदर्शनमा मिटरब्याजपीडित (तस्बिरहरू)

काठमाडौं– सिराहा जिल्ला लाहान नगरपालिका ३ स्थायी घर भएका सीता

रूसी भूकम्पपछि कम्तीमा १५ देशमा सुनामी चेतावनी : कहाँ कहाँ पर्छ प्रभाव ?

मस्को– रूसको कामचाट्का प्रायद्वीपमा आएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि विश्वभरका

माइतीघरमा खोटाङका मेयर भट्टराई आमरण अनशनमा (तस्बिरहरू) 

काठमाडौं– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आजदेखि

रूसी भूकम्पको असर विश्वभर, यी हुन् यसअघि संसार हल्लाउने पाँच ठूला कम्पन

मस्को- रूसको पूर्वी प्रायद्वीप कामचाट्कामा आएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पलाई