रियल मड्रिड र बार्सिलोना अन्तिम १६ मा « Khabarhub

रियल मड्रिड र बार्सिलोना अन्तिम १६ मा


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेका छन् । बुधबार राति भएको छुट्टाछुट्टै खेलमा जित हात पार्दै दुई क्लब प्रि–क्वाटरफाइनलमा प्रवेश गरे ।

भ्रमणकारी टोली रियलले दोस्रो श्रेणीको एल्कोयानोलाई ३-१ ले पराजित गर्‍यो । रियलको जितमा इडर मिलिसाओ र मार्को एसेन्सियोले गोल गर्दा एक गोल घरेलु टोलीका ड्यानी भेगाको आत्माघाति रह्यो । एल्कोयानोको लागि ड्यानी भेगाले एक गोल गरे ।

अर्काे खेलमा क्याटलान क्लब बार्सिलोनाले घरेलु टोली लिनरस डिपोर्टिभोलाई २–१ अन्तरले पराजित गर्‍यो । पुनरागमन जित निकाल्ने क्रममा बार्सिलोनाको लागि औसमाने डेम्बेले र फेरान जटग्लाले एक-एक गोल गरे ।

यसअघि डिपोर्टिभोका हुगो डिआजले १९औँ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कियो । डेम्बेलेले ६३ मिनेटमा बराबरीको अवस्थामा ल्याए । फेरानले ६९ मिनेटमा विजयी गोल गरे ।

बार्सिलोनाका ब्राजेलियन डिफेण्डर ड्यानी अल्भेसले यसै खेलमार्फत दोस्रो पटक डेब्युसमेत गरेका छन् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ८ : २० बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको