झापामा खाना पकाउने ग्यास विस्फोट हुँदा एकको मृत्यु, १२ घाइते « Khabarhub

झापामा खाना पकाउने ग्यास विस्फोट हुँदा एकको मृत्यु, १२ घाइते


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको मेचीनगर-७ मा भएको आगोलागीमा परी एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

बुधबार राति केशव पाठकको घरमा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा खाना पकाउने ग्यास विस्फोट हुँदा मेचीनगर-८ की ४५ वर्षीया सारदा राजवंशीको मृत्यु भएको हो ।

उक्त घरमा रामेछापका कुमार पाण्डेको परिवार बस्दै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।

टिनको छानो, चित्राको बेरा भएको १ तले कच्चट्ठ घर पूणर्रूपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ११ जनाको बिर्तामोडस्थित बिएण्डसी असप्तालमा उपचार भइरहेको छ भने मेचीनगर-८ का ८ वर्षीया शुसीला अधिकारी उपचारपछि घर फर्किएकी छन्।

आगलागीमा ग्यास विस्फोट हुँदा बिर्तामोड-९ का २९ वर्षीय गोविन्दप्रसाद राजवंशीको, मेचिनगर ७ का ३२ वर्षीय दिपेन्द्र कार्की, ३८ वर्षीय चन्दन गौतम, ४० वर्षीय सुवलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहोरा, ४० वर्षीय भवानीशंकर न्यौपाने, ३६ वर्षीय हरि विक र ३६ वर्षीय निर्मल शर्मा र मेचीनगर-८ का ४० वर्षीय लेखनाथ तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ८ : ४१ बजे

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले