जम्मु काश्मीरका युवा उद्यमीले बनाएको ‘फूड एप’ प्रभावकारी « Khabarhub

जम्मु काश्मीरका युवा उद्यमीले बनाएको ‘फूड एप’ प्रभावकारी


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर – स्नातक तहमा अध्ययनरत जम्मू र कश्मीरका दुई युवा उद्यमीहरूले एक मोबाइल एपको विकास गरेका छन्।

डिटू नाम दिइएको यस एपले मानिसहरूलाई भोजनालयहरूमा खाना खाने वा अर्डर गर्नको लागि आफ्नो टेबलहरू सुरक्षित गर्न र घरमै खाना मगाउन सहज हुने भएको छ।

युवा उद्यमी उमर अहमद र उनका इन्जिनियर साथी नजमु साकिबले बनाएको ‘डिटू’ एप अहिले प्ले स्टोरमा उपलब्ध छ। एएनआईसँग कुरा गर्दै उमरले भने, ‘डिटू एउटा खाना अर्डर गर्ने एप हो, जसले प्रिअर्डर गर्न, प्रिपे गर्न र आफ्नो मनपर्ने रेस्टुरेन्टहरूमा टेबुल बुक गर्न अनुमति दिन्छ। यो एप टेकअवे अर्डर र रेस्टुरेन्ट बुकिङको उत्कृष्ट संयोजन हो।’

कश्मीर उपत्यकाका केही रेस्टुरेन्ट ‘डिटू’मा दर्ता भएका छन्। मानिसहरूले आफ्नो लोकेसन राखेमा एपले नजिकको रेस्टुरेन्टहरू देखाउनेछ। आफूले चाहेको रेस्टुरेन्टमा आफूले चाहेको खानेकुरा छनोट गरेपछि ‘टेक अवे’र ‘डाइन इन’को सुविधा छ। मानिसहरूले आफ्नो सुविधा अनुसार खाना लिने समय छनोट गर्न सक्छन्’, युवा उद्यमीले थपे।

‘एक महिनामा हामीले २३० भन्दा बढी अर्डर पाएका छौं। केही रेस्टुरेन्टहरू एपसँग खुसी छन्’, चार महिनाभित्र मोबाइल एप डिजाइन गरेका नजमुल साक्युबले थपे।

रेस्टुरेन्ट सञ्चालक हादी भाटले काम गर्ने पेशाकर्मीका लागि यो एप साँच्चै उपयोगी भएको बताए। ‘खानाको समय अगाडी, तिनीहरू खाना अर्डर गर्छन् र यो खान वा लैजानको लागि समयमै तयार हुन्छन्। यसरी उनीहरूको समय बचत हुन्छ।’ उनले भने।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  १० : २५ बजे

गगनले धक्का खाँदा जुर्मुराउँदै शेरबहादुर पक्ष

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनको एजेन्डलाई तत्कालीन सभापति शेरबहादुर देउवाले

यी हुन् रास्वपाबाट निर्वाचित ५७ समानुपातिक सांसद

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले बुझाएका समानुपातिकतर्फका ५७ जना

सुपरकम्प्युटर र राष्ट्रिय अनुसन्धान नेटवर्क विस्तार गर्दै रुस

मस्को- रुस सरकारले उच्च क्षमता कम्प्युटिङ र सुपरकम्प्युटर पूर्वाधार विकासको

उपत्यकामा हावाहुरीसँगै वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार हावाहुरीसहित वर्षा भएको छ । अचानक