भारतको गृह मन्त्रालयले भन्यो, ‘प्रधानमन्त्रीको सुरक्षामा गम्भीर कमजाेरी’ « Khabarhub

भारतको गृह मन्त्रालयले भन्यो, ‘प्रधानमन्त्रीको सुरक्षामा गम्भीर कमजाेरी’


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २० मिनेटसम्म फ्लाईओभरमा फँसेका छन् ।

सरकार विरोधी प्रदर्शनका कारण प्रधानमन्त्री मोदी पन्जाब प्रान्तको एउटा फ्लाईओभरमा फँसेका हुन् । मोदी फँसेको घटनालाई सुरक्षामा गम्भीर कमजाेरी भएकाे बताइएको छ ।

प्रधानमन्त्री मोदी एउटा स्मारकतर्फ जाने क्रममा प्रदर्शनकारी किसानहरुले उनको बाटो रोकेका थिए ।

केही साताअघि किसान आन्दोलनमा जथाभावी गाडी चलाएर किसानको हत्या गर्ने प्रान्तिय गृहमन्त्री अजय मिश्र र उनका छोरा आशिषलाई कारबाहीको माग गर्दै किसानहरुले प्रदर्शन गरेका थिए । गृहमन्त्री ‍मिश्रलाई तत्कालै पदमुक्त गर्न किसानहरुले माग गरेका थिए ।

उत्तर प्रदेशमा किसानहरुको आन्दोलनमा ‍आशिषले जथाभावी गाडी चलाउँदा चार जना मारिएका थिए । अजयले सुनियोजित ढंगले किसानको हत्या गरेको किसानसँग सम्बन्धित विभिन्न संघ संगठनले बताउँदै आएका छन् ।

‘यो प्रधानमन्त्रीको सुरक्षामा एउटा गम्भीर कमजाेरी हो, ’गृह मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । प्रधानमन्त्री मोदीले फेरोजपुर सहरमा आयोजित एउटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । कमजोर सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्रीको गाडी विमानस्थल फर्काइएको थियो ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  १० : ४० बजे

एनएमए निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक सङ्घ (एनएमए) को आगामी निर्वाचनका लागि निर्वाचन

प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन दर्ता

नुवाकोट– पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले नुवाकोट १ मा

झापा–२ मा प्रतिस्पर्धी उम्मेदवारबीच आत्मीयता

काठमाडौं – झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका सरिता

काठमाडौं- १ मा बाबुराम आचार्य कांग्रेसका बागी उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसले उम्मेदवारको टिकट नदिएपछि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

अमेरिका–युरोप सम्बन्ध बलियो र नजिक छ : बेसेन्ट

एजेन्सी– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार युरोपसँग अमेरिकाको सम्बन्ध बलियो