दक्षिण कोरियाद्धारा उत्तर कोरियासँग वार्ताको प्रस्ताव « Khabarhub

दक्षिण कोरियाद्धारा उत्तर कोरियासँग वार्ताको प्रस्ताव


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियासँग वार्ताका लागि जोड दिएका छन् । उत्तर कोरियाले बुधबार अज्ञात क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको थियो । त्यसलगत्तै दक्षिण कोरियाका राष्ट्रपति इनले सो प्रस्ताव अघि सारेका हुन्।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले बुधबार सो क्षेप्यास्त्र उत्तर कोरियाले हालेको भनी दाबी गरेका थिए । उत्तर कोरियाद्वारा प्रक्षेपण गरिएको ब्यालेस्टिक मिसाइलको फाइल फुटेज टेलिभिजनमार्फत देखाइएको थियो ।

दक्षिण कोरिया र जापानले सो क्षेप्यास्त्र उत्तर कोरियाले नै हानेको दाबी गरिरहेका छन् । उत्तर कोरियाले गरेको यो प्रक्षेपण ब्यालिस्टिक मिसाइल हुन सक्ने जापानिज कोस्ट गार्ड (जेसीएस) ले पनि जनाएको थियो । तर ती अधिकारीहरुले योबारेमा अझै यकीन भने भइसकेको छैन भनेका छन् । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल प्रक्षेपणमा प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले समय समयमा यो क्षेप्यास्त्र हान्ने गरेको छ ।

दक्षिण कोरियाली राष्ट्रपति इनले उत्तर कोरियासँग अन्तर कोरिया वार्ताका लागि आग्रह गरेका हुन्। उनले सो वातावरण बनाउन पनि आग्रह गरेकका दक्षिण कोरियाली मिडियाले जनाएका छन् । यस्तो अवस्थामा शान्ति वार्तालाई अघि बढाउनुपर्ने भन्दै उनले यसका लागि उत्तर कोरियाले पनि वातावरण बनाउनुपर्ने बुधबार यहाँ आयोजना गरिएको एक रेलसम्बन्धी समारोहलाई सम्बोधनका क्रममा बताएका हुन् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ११ : ५१ बजे

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले