वृद्धवृद्धाको सहारा बन्दै मादल र बाँसुरी « Khabarhub

वृद्धवृद्धाको सहारा बन्दै मादल र बाँसुरी


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ धारापानीका खिमबहादुर केसी निकै खुसी मुद्रामा नगरपालिकको कार्यालयमा भेटिए । युवा भविष्यको खोजीमा सहर पसिरहँदा वृद्धाश्रम जस्तै बनेको गाउँहरूलाई केही रमाईलो तथा उल्लासमय बनाउनको लागि भूमिकास्थान नगरपालिकाले भजनकृतन सामग्री हस्तान्तरण गरेपछि केसी दंग बनेका हुन् ।

‘अब त गाउँ रमाइलो हुन्छ,’ नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका अध्यक्षसमेत रहेका केसीले भने, ‘दिनभर कहाँ पुगेर समय कटाउने भन्ने चिन्ता हुन्थ्यो, अब केही सजिलो हुने भयो ।’

नगरपालिकाले हरेक वडाहरूमा वडास्तरीय ज्येष्ठ नागरिक समन्वय समिति गठन गरी बाँसुरी, मजुरा, मादल लगायतका सामग्रीहरू वितरण गरेपछि दिनभर टोलाएर बस्ने वृद्धवृद्धाहरूमा केही खुसीको राहत पुग्ने अपेक्षा नगरपालिकाले लिएको छ ।

‘गाउँहरूमा बुढाबुढीमात्र हुनुहुन्छ । दिनभर कहाँ गएर भुल्ने भन्ने समस्या छ,’ भूमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले भने, ‘एक्लै हुँदा वृद्धवृद्धामा आउन सक्ने स्वास्थ्य समस्या कम गर्नका लागि पनि यी सामग्रीहरू दिइएको हो ।’

‘वृद्धाअवस्थामा एक्लै रहने ज्येष्ठ नागरिकहरूको सक्रिय जीवनयापनको लागि सहयोग होस् भन्नका लागि भजनकृतन सामग्री हस्तान्तरण गरेका हौं’, थापाले भने, ‘अब टोलटोलमा बुवा आमाहरू भेला हुनुहुनेछ, अनि नाचगान रमाइलो गर्नुहुनेछ ।”

नगरपालिकाले खिमबहादुर केसीको अध्यक्षतामा नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा खिमबहादुर चुदाली, सचिवमा तारा बेल्वासे, कोषाध्यक्षमा पार्वता शारु लगायत छन् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  १२ : ४० बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।