सुनसरीमा थपिए २२ हजारभन्दा बढी मतदाता | Khabarhub Khabarhub

सुनसरीमा थपिए २२ हजारभन्दा बढी मतदाता


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीमा २२ हजार ६९३ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले संचालन गरेको विशेष अभियानअन्तर्गत नयाँ मददाता थपिएका हुन् । थपिएका कुल संख्यामध्ये महिला ११ हजार ४३२ र पुरुष ११ हजार २६० छन् ।

जिल्ला निर्वाचन आयोग सुनसरीका अनुसार दुई चरणमा सम्पन्न गरेको मतदाता नामावली संकलन १७ मंसिरदेखी १९ पुससम्म संचालन भएको थियो । पहिलो चरणको १७ मंसिरदेखी २ पुससम्मको विशेष कार्यक्रमअन्तर्गत १० हजार ३२४ जना मतदाता थपिएका हुन् ।

थपिएकामध्ये इटहरीमा तीन हजार ६६२, रामधुनीमा एक हजार ६६५, देवानगन्जमा ६६५, बर्जमा ७८१ र भोक्राहानरसिंहमा एक हजार १५० गरी कुल सात हजार ९२३ छन् । पहिलो चरण अन्तर्गतनै विशेष अभियान चलिरहेको समयमा प्रशासन कार्यालयहरूमा दुई हजार ४०१ जनाले नामावली दर्ता गराएका छन् ।

त्यस्तै १– १९ पुससम्म भएको दोस्रो चरणमा १२ हजार ३६९ जनाले नामावली दर्ता गराएका छन् । दोस्रो चरणमा भएका जिल्लाका स्थानीयतह दुहवीमा एक हजार ५९० जना, बराहक्षेत्रमा दुई हजार १५९ जना, कोशीमा एक हजार ३८३ जना र गढीमा एक हजार ४२८ जनाले नामावली दर्ता गराएका हुन् ।

दोस्रो चरणको समयअवधिमा विभिन्न प्रशासन कार्यलय मार्फत पाँच हजार ८०९ जनाले नामावली दर्ता गराएका थिए । सुनसरीमा १२ वटा स्थानीय तह र ४ वटा निर्वाचन क्षेत्र छन् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  २ : ३० बजे

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा