विद्यार्थीबाट अतिरिक्त शुल्क नलिएको प्रमाणित गर्न केएमसीका प्रिन्सिपललाई मन्त्री पौडेलको निर्देशन « Khabarhub

विद्यार्थीबाट अतिरिक्त शुल्क नलिएको प्रमाणित गर्न केएमसीका प्रिन्सिपललाई मन्त्री पौडेलको निर्देशन


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले काठमाडौँ मेडिकल कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलाई विद्यार्थीहरुबाट अतिरिक्त शुल्क नलिएको प्रमाणित गर्न चुनौती दिएका छन् ।

बिहीबार अनुगमन गर्न भक्तपुरको दुवाकोटमा रहेको शिक्षण अस्पतालमा पुगेका मन्त्री पौडेलले प्रिन्सिपल श्रेष्ठलाई चुनौती दिएका हुन् । अतिरिक्त शुल्क नलिएको प्रमाणित गर्न नसके कानून बमोजिम कारवाही हुने चेतावनीसमेत मन्त्री पौडेलले दिए । उनले भने,‘ भोलि बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा विद्यार्थी र अभिभावकसँग बसेर वार्ता गर्नुहोस् ।’

अनुगनका क्रममा मन्त्री पौडेलले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण गरेकाले बढी शुल्क लिन नपाइने बताएका थिए । मन्त्री पौडेलसँगै केएमसी पुगेकी भक्तपुर प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार बिहान साढे १० बजे विद्यार्थीसहित कलेज प्रशासनलाई वार्ताका लागि आउन आग्रह गरेकी छिन् ।

काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि तालाबन्दी एवम् प्रदर्शन गर्दै आइरहेका छन् । बुधबार शिक्षा मन्त्रालयले विद्यार्थीसँग बढी शुल्क असुल गर्ने कलेजलाई कानुनी कारवाही गरी सम्बन्धन खारेज गर्ने चेतावनीसमेत दिएको थियो ।

कलेजले विद्यार्थीहरुबाट चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएको उजुरी आएपछि त्यसको अनुगमन गर्न मन्त्री पौडेल र भक्तपुर प्रमुख जिल्ला अधिकारी शर्मासहितको टोली कलेजमा गएको हो ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  १ : ३० बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल