कतारमा एकैदिन २२ सयभन्दा बढी संक्रमित थपिए « Khabarhub

कतारमा एकैदिन २२ सयभन्दा बढी संक्रमित थपिए


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारमा पछिल्लो केही दिनयता कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै बुधबार एकैदिन २२ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार २ हजार २ सय ७३ नयाँ संक्रमित थपिएका हुन् । तीमध्ये १ हजार ६ सय ८७ समुदायभित्रकै संक्रमित हुन् भने ५ सय ८६ विदेशबाट फर्केका यात्रु हुन् । योसँगै कतारमा संक्रमितको संख्या २ लाख ५७ हजार ५ सय ४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कतारमा १९३ जना संक्रमित निको भएका छन् । निको हुनेको संख्या पनि २ लाख ४५ हजार ४६७ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म कतारमा ६१८ जनाले कोभिड संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

यो समाचार तयार पार्दासम्म कतारमा सक्रिय संक्रमितको संख्या १० हजार ४१९ रहेको छ भने ४४६ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । तीमध्ये ३५ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

कतारमा यो समाचार तयार पर्दासम्म ५२ लाख ४५ हजार ७३८ जनाले कोरोना विरुद्धको खोप लगाईसकेका छन् भने ३ लाख ९ हजार ६७५ जनाले बुस्टर डोज समेत लगाइसकेको मन्त्रालयले जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे नखुलाए पनि अहिले ठूलो संख्यामा नेपाली कामदार पनि संक्रमित भएको बुझिएको छ । अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाइसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

खोप नलिएका सबै योग्य व्यक्तिहरूलाई खोप लिन र दुवै डोज खोप लगाइसकेकालाई बुस्टर डोज लिन समेत मन्त्रालयले आग्रह गरेको छ ।

–योगेन्द्र योगी

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  २ : ४५ बजे

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।