आर्थिक वर्षको पाँच महिनामा साढे १४ अर्ब रकमान्तर « Khabarhub

आर्थिक वर्षको पाँच महिनामा साढे १४ अर्ब रकमान्तर


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुँजीगत खर्च बढाउन नसकेको सरकारले चालू आर्थिक वर्ष २०७८÷०७९ को पाँच महिनामा साढे १४ अर्ब रुपैयाँ रकमान्तर गरेको छ ।

विभिन्न मन्त्रालयबाट आर्थिक सहायता, भैपरी आउने साधारण खर्चका लागि अर्थ मन्त्रालयले रकमान्तर गरेको हो ।

मन्त्रालयले साउनमा ६ अर्ब ३६ करोड, भदौमा दुई करोड १६ लाख, असोजमा ३८ करोड ५५ लाख, कात्तिकमा १५ करोड ७९ लाख र मंसिरमा सात अर्ब ४९ करोड रुपैयाँ रकमान्तर गरेको पाइएको छ ।

रकमान्तरमध्ये खोप खरिद तथा ढुवानीमा खर्च भएको छ । यसैगरी पुनर्निर्माण प्राधिकरण कर्मचारीको पारिश्रमिक, राष्ट्रिय जनगणना २०७८ को गणकलाई भुक्तानी दिन प्रयोग भएको छ ।

यसैगरी भिआईपीदेखि सर्वसाधारणसम्मलाई दिएको उपचार खर्च र आर्थिक सहायताका लागि समेत रकमान्तर गरिएको छ ।

साउनमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको एपोलो अस्पतालमा उपचार खर्च भुक्तानी गर्न ४८ लाख ५० हजार रकमान्तर गरिएको छ । यस्तै रघुजी पन्तलगायतलाई आर्थिक सहायताका लागि भदौमा २७ लाख रकमान्तर भएको छ ।

यसैगरी कात्तिक महिनामा पूर्वउपराष्ट्रपति डा. रामवरण यादवलाई आर्थिक सहयोग गर्न १० लाख र मंसिरमा पूर्वमन्त्री प्रदीप नेपालसहित तीनजनालाई आर्थिक सहायता उपलब्ध गराउन ३२ लाख गृह मन्त्रालयका नाममा रकमान्तर गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ३ : ०० बजे

पछिल्लो २४ घण्टामा देशभर विपदका २९ घटना, एक जनको मृत्यु, दुई बेपत्ता

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा २९ वटा विपद्का

नयाँ वर्षसँगै नवलपुरमा बढ्यो पर्यटकको चहलपहल

नवलपुर (नवलपरासी)- नयाँ वर्षको आगमनसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का पर्यटकीय क्षेत्रमा चहलपहल

‘सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सरकार कामपाबीच सहरी

सिंहदरबारमा सरकारको खारेजी सूचीका कर्मचारी सङ्गठनको मोर्चाबन्दी, बुझाए संयुक्त मागपत्र

काठमाडौं- नेपालका प्रमुख निजामती कर्मचारी सङ्गठनहरूले संयुक्त रूपमा संघीय निजामती

धनुषामा एक पुरुषको शव फेला

धनुषा- धनुषामा एक पुरुषको शव फेला परेको छ । इलाका