नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता « Khabarhub

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । त्यसक्रममा उनीहरुबीच दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको छ ।

बिहीबार नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र भारतका विदेशमन्त्री एस जयशंकरबीच टेलिफोनमा कुराकानी भएको हो ।

भारतीय विदेश मन्त्री जयशंकरले टेलिफोन सम्पर्कमा विकासका कार्यक्रम र कोभिड–१९ विरूद्ध नेपाल र भारतको सहकार्यका विषयमा कुराकानी भएको ट्वीटमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुन भारत जाने भनेको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको दिन विदेशमन्त्री जयशंकरले परराष्ट्र मन्त्री खड्कासँग कुरा गरेका हुन् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ७ : ४३ बजे

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी