नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता | Khabarhub Khabarhub

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । त्यसक्रममा उनीहरुबीच दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको छ ।

बिहीबार नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र भारतका विदेशमन्त्री एस जयशंकरबीच टेलिफोनमा कुराकानी भएको हो ।

भारतीय विदेश मन्त्री जयशंकरले टेलिफोन सम्पर्कमा विकासका कार्यक्रम र कोभिड–१९ विरूद्ध नेपाल र भारतको सहकार्यका विषयमा कुराकानी भएको ट्वीटमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुन भारत जाने भनेको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको दिन विदेशमन्त्री जयशंकरले परराष्ट्र मन्त्री खड्कासँग कुरा गरेका हुन् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ७ : ४३ बजे

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट

फणिराज पाठकले भने : पूर्वराजालाई नजरबन्द गरिएको समाचार झुठो हो

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार