बतास समूहमा संलग्नता नरहेको कांग्रेस नेत्री डा. आरजुको प्रष्टोक्ति « Khabarhub

बतास समूहमा संलग्नता नरहेको कांग्रेस नेत्री डा. आरजुको प्रष्टोक्ति


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नारायणहिटी दरबार संग्रहालय परिसरमा रेष्टुरेण्ट निर्माण गरिरहेको बतास समूहको बतास फाउण्डेशनमा कांग्रेस केन्द्रीय सदस्य तथा प्रथम महिला डा. आरजु राणा देउवाको संलग्नता रहेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित गरेपछि डा. देउवाले सो विषयमा प्रष्टीकरण दिएकी छन् ।

विहीबार फेसबुकमा स्टाटस लेख्दै उनले आफू संलग्न रहेका संस्थाहरुको नाम उल्लेख गरेकी छन् । उनले ती संस्थाबाहेक अन्य कुनै पनि संस्थासँग आवद्ध नरहेको बताएकी छन् । उनले भेनकी छन्, ‘सञ्चार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ, तल उल्लेखित संस्थाहरु बाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।’

डा. देउवा संलग्न रहेका संस्थाहरु

१. ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक), नेपाल Rural Women’s Development and Unity Centre (RUWDUC) (संस्थापक अध्यक्ष तथा सल्लाहकार)

२. साथी, नेपाल (संस्थापक, पूर्व अध्यक्ष तथा सल्लाहकार)

३. सुरक्षित मातृत्व संजाल महासंघ ( संस्थापक एवं वर्तमान अध्यक्ष)

४. नामी (अध्यक्ष)

५. उल्लेन्स स्कुल (अध्यक्ष, बिद्यालय व्यवस्थापन समिति)

६. Blood Donors association of Nepal BLODAN (संरक्षक)

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ७ : ५८ बजे

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत