बाँकेमा बाघको आक्रमणमा परेर महिलाको मृत्यु « Khabarhub

बाँकेमा बाघको आक्रमणमा परेर महिलाको मृत्यु


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँकेमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । राप्तीसोनारी–४ पर्सोना गाउँकी ५२ वर्षीया लीला विष्टको बिहीबार घाँस काट्न जंगल गएको बेला बाघको आक्रमणबाट ज्यान गएको हो ।

स्थानीय ३ जना महिलासँगै घाँस काट्न गएको बेला जलहन सामुदायिक बनको तीन पाने स्थानमा बाघले विष्टमाथि आक्रमण गरेको हो । इलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोली र सयौँको संख्यामा गएका स्थानीय बासिन्दाले बाघले महिलाको रगत चुस्दै गरेको अवस्थामा शव फेला पारेका थिए ।

बाघले मान्छेलाई देखेर पनि शवलाई नछोडेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो । इलाका प्रहरी कार्यालय धामपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलले भने एक राउन्ड प्रहार गर्दा झम्टिन खोजेपछि दोस्रो राउन्ड गोली प्रहार गर्दा बाघ भागेको बताएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा गत भदौमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको थियो भने मंसिरमा नरैनापुरमा गोठाला गएका व्यक्तिलाई खाएको थियो । त्यसयता राप्तीपारीको जंगल आसपासमा बाघले पटक–पटक आक्रमण गर्दै आएको छ । बुधबारमात्र पनि एक महिलालाई आक्रमणको प्रयास गरेको थियो । उनी प्रतिकार गरी बाच्न सफल भएकी थिइन् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ८ : ५० बजे

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ