प्रदेश २ सरकारले सञ्चालन गर्‍यो अक्सिजन प्लान्ट « Khabarhub

प्रदेश २ सरकारले सञ्चालन गर्‍यो अक्सिजन प्लान्ट


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना महामारीलाई मध्यनजर गर्दै प्रदेश २ सरकारले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ ।

प्रदेश सरकारको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिहीबारदेखि आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको हो । जनकपुरधाम १४ मुलेजेलियास्थित मनिपालमा सञ्चालनमा रहेको प्रतिष्ठानको कोभिड अस्पतालमा अक्सिजन प्लान्ट सुरु भएको छ । उक्त अक्सिजन प्लान्टका लागि प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सामान उपलब्ध गराएको थियो ।

प्रतिष्ठानअन्तर्गत कोभिड विशेष अस्पतालका प्रशासन प्रमुख सन्तोष ठाकुरका अनुसार उक्त अक्सिजन प्लान्टबाट तत्काल दैनिक २५ देखि ३० सिलिण्डरसम्म अक्सिजन उत्पादन हुनेछ । आफ्नै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन भएपछि अब बिरामीको उपचारमा अक्सिजनको अभाव नहुने बताउँदै प्रशासन प्रमुख ठाकुरले भने, ‘कोरोना कालमा बढी बिरामीलाई अक्सिजन नै चाहिएकोले अव प्रदेश २ मा अक्सिजन अभावको समस्या धेरै हदसम्म टरेको छ ।’ त्यस्तै स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दिएको अर्को अक्सिजन प्लान्ट पनि अब केही महिनामै सञ्चालनमा आउने उनले बताए ।

अर्को अक्सिजन प्लान्टको काम पनि धमाधम भइरहेको बताउँदै उनले भने, ‘आपूर्ति केन्द्रले दिएको अक्सिजन प्लान्ट योभन्दा बढी क्षमताको छ, त्यो सञ्चालनमा आएपछि हामीलाई कुनै पनि वेला अक्सिजनको अभाव हुँदैन ।’

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ९ : ५० बजे

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ प्रक्रिया सुरु हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज