अझै खुलेन अवरुद्ध जयपृथ्वी राजमार्ग « Khabarhub

अझै खुलेन अवरुद्ध जयपृथ्वी राजमार्ग


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ ।

सो राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड र श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँ परेपछि यातायातका साधन आवत जावत गर्न राकिएको थियो ।

राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुवाहक तथा मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन् । यात्रुसमेत अलपत्र परेका छन् ।

अवरुद्ध राजमार्ग खुलाउन प्रयास भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनले भने, ‘दुई जेसिबीको प्रयोग गरी राजमार्ग सञ्चालन गर्न हिउँ पन्छाउन थालिएको छ, बाक्लो हिउँ जमेकाका कारण ढिलाइ भएको छ, आज अपरान्ह्पछि सञ्चालनमा आउन सक्छ।’ यसअघि बिहीबारदेखिनै अवरुद्ध रहेको यहाँका दशरथचन्द र महाकाली राजमार्ग भने शुक्रबार दिउँसोपछि सञ्चालन भएका थिए ।

यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । हिमपातले चिसो बढेकाले जनजीवन कष्टकर बनेको हो । वर्षा र हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन र यो समयमा बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । साथै लामो यात्रा ननिस्कन पनि आग्रह गरिएको कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानाकारी दिए। यहाँ तेस्रोपटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १० : ५४ बजे

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी

नौ महिनामा वीरगञ्ज भन्सारबाट करिब ७ अर्बको सामान आयात

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहानको खेलमा रियल

पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै रहने

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि