भेडीगोठ किसान समूहलाई आधुनिक मेसिन वितरण « Khabarhub

भेडीगोठ किसान समूहलाई आधुनिक मेसिन वितरण


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको मस्याङ्दी गाउँपालिका भित्रका भेडीगोठ कृषक समूहलाई भेडाको उन काट्ने आधुनिक मेसिन र चर्खा वितरणा गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले गाउँपालिका अन्तर्गतका पाँच कृषक समूहलाई मेसिन प्रदान गरेको हो ।

केन्द्रले पल्ता घुम्ती भेडीगोठ कृषक समूह तल्लो चिप्ला, मिलीजुली उन प्रशोधन कृषक समूह खानीगाउँ, चमरीखर्क भेडी गोठ कृषक समूह ताराचोक, पुस्तुन नाइचे भेडीगोठ कृषक समूह भीरपुस्तन र अन्नपूर्ण पशुपालन कृषक समूहलाई उन प्रशोधन सहयोगार्थ मेसिनहरू उपलव्ध गराएको हो ।

गाउँपालिका पशु स्वास्थ्य शाखा प्रमुख एवं पशुचिकित्सक डा. पवन श्रेष्ठका अनुसार केन्द्रले प्रतिसमूहलाई ४८ हजार बराबरको आधुनिक मेसिन उपलव्ध गराएको छ। उक्त मेसिन गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले हस्तान्तरण गरेका हुन् । आधुनिक प्रविधिको मेसिन तथा चर्खाले उन काट्न सहज र समयको सदुपयोग हुनेछ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  २ : ४५ बजे

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर

गगनको आग्रह : विधानमा चलेका छौँ, कारबाहीको निर्णयले विचलित नबनौँ

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी