आज २०८२ साल फागुन २६ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन २६ गते मंगलबारको राशिफल


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन २६ गते मंगलबार चैत कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२६ मार्च १० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन सामान्य राम्रो छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखा पर्नेछन्। परिवारमा मेलमिलापको वातावरण बन्नेछ। राजनीतिक क्षेत्रमा भने ठगिने सम्भावना छ।

वृष : दिन राम्रो छ। आज गरेको काममा सफलता मिल्नेछ। दीर्घकालिन निर्णय गर्नु उपयुक्त हुनेछ। वैदेशिक रमझमले मन आकर्षित गर्नेछ। परिवारको साथ सहयोग मिल्नेछ।

मिथुन : आज धन आर्जन हुनेछ। मित्र बढ्नेछन्। धार्मिक कार्यमा संलग्न भइनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा मिहिनेत गर्नुपर्ने समय छ ।

कर्कट : आज जमिन सम्बन्धी गरेको कार्यबाट नाफा मिल्नेछ। कृषिजन्य वस्तुमा गरेको व्यापारमा फाइदा मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।   पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : लक्ष्यमा पुग्न धैर्य गर्नुपर्नेछ। हरेक क्षेत्रमा बाधा आइपर्नेछन्। अभिभावकको सल्लाह लिएर अघि बढेमा सफलता मिल्नेछ। अनावश्यक क्षेत्रमा धन खर्च हुनेछ । 

कन्या : दिन सामान्य छ। साना कुरामा विवाद हुन सक्छ। बोल्दा ख्याल गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ मिल्नेछ।  पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। 

तुला : दिन राम्रो रहेको छ। शिक्षामा गरेको प्रयासबाट सफलता मिल्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। राज्यको तर्फबाट समेत सेवाको अवसर मिल्ने योग रहेको छ।

वृश्चिक : बोलीको प्रभाव बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। राज्यको तर्फबाट सहयोग मिल्नेछ। बिहान उठेर सूर्य दर्शन गर्दा दिन सहज हुनेछ। परिवारमा खटपटी आउन सक्ने जाेखिम छ।  

धनु : आम्दानी हुनेछ। साथीसँगको भेटले मन खुसी हुनेछ। व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।   पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

मकर :  दिन सामान्य छ । संचित धन खर्च हुने जाेखिम छ। साथीसँग कुरा गर्दा ख्याल गर्नुपर्नेछ। शत्रु बढ्नेछन्। पीपलको दर्शन गरे दिनकाे सुरुवात गर्नु उचित हुनेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

कुम्भ : सानातिना कुरामा धेरै रिस उठ्नेछ। संचित धन खर्च हुनेछ। शिव भजन गर्दा मनमा शान्ति मिल्नेछ। व्यापारमा सचेत भएर काम गर्नुपर्ने समय छ । शिक्षाामा मिहिनेतको खाँचाे छ ।

मीन : बोलीको प्रभावले राम्रा काम बन्नेछन्। बोल्दा ख्याल गर्नुपर्नेछ। शिक्षामा अझ मिहेनत गर्नुपर्नेछ। धैर्य गरेर अघि बढ्नुपर्ने दिन छ।  व्यापारमा फाइदा हुनेछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ५ : १३ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि