भारतलाई यु–१९ क्रिकेट विश्वकपको उपाधि | Khabarhub Khabarhub

भारतलाई यु–१९ क्रिकेट विश्वकपको उपाधि


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङ्ल्याण्डलाई चार विकेटले पराजित गर्दै भारतले आइसीसी यु–१९ एक दिवसीय क्रिकेट विश्वकपमा उपाधि जितेको छ । शनिबार सर भिभीयन रिचार्डस् स्टेडियममा सम्पन्न खेलमा इङ्ल्यान्डले दिएको १९० रनको लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

भारतका लागि शैक रासिदले र निशान्त सिन्धुले अर्धशतक प्रहार गरेका थिए । रासिदले ८४ बलमा ६ चौकासहित ५० रन गर्दा समान ५० रन जोडेका सिन्धुले ५४ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए ।

इङ्ल्यान्डका जोसुवा बोडेन, जेम्स र थोमस एस्पिनवेलले समान दुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको इङ्ल्यान्डले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १८९ रनको योगफल खडा गरेको थियो ।

इङ्ल्यान्डका लागि जेम्स रेवले सर्वाधिक ९५ रनको योगदान गरे । उनले ११६ बलमा १२ चौका प्रहार गरेका थिए । यस्तै, जेम्स सेल्सले ३४, जर्ज थोमसले २७ तथा रेहान ऐमद र एलेक्स हर्टनले समान १० रन गरे ।

भारतका राज बाबाले पाँच विकेट लिँदा रविकुमारले चार र कुशल तम्बेले एक विकेट लिए । यो संस्करणसँगै भारतले सर्वाधिक पाँच पटक युवा एक दिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको छ । त्यस्तै, इङ्ल्यान्डले एक पटक मात्रै युवा विश्वकपको उपाधि उचालेको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ३ : ०० बजे

रास्वपाले भन्यो- हामी बीआरआईको विपक्षमा छैनौँ, तर सरकारले छलफल गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आफूहरू चीनले

रास्वपाले मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन थाल्ने

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन

क्यान महासंघ बाँकेको अध्यक्षमा जोशी र सचिवमा क्षेत्री निर्वाचित

काठमाडौं– क्यान महासंघ बाँकेको अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा यज्ञ राज

सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान

काठमाडौं– काठमाडौँस्थित सिटी सेन्टरले दसैँतिहारमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का

प्रभु साहको आरोप- ओलीले तराई मधेसको शिक्षा ध्वस्त बनाउन लागे 

सिरहा– आम जनता पार्टी ((आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले