राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबारस्थित नासलचोक पुगेर आज वसन्त श्रवण गरेकी छन् ।

राष्ट्रपतिले सरस्वती पूजाको दिन उक्त स्थानमा गएर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । सोही परम्पराअनुसार त्यहाँ पुगेका राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरिन् ।

वसन्त श्रवण समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको उपस्थिति थियो । समारोहमा सरकारका विशिष्ट अधिकारीहरुकोसमेत उपस्थिति थियो । वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  २ : ५२ बजे

आज २०८२ साल फागुन २६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २६ गते मंगलबार चैत

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई बंगलादेशी प्रधानमन्त्रीको बधाई

काठमाडौं– बंगलादेशका प्रधानमन्त्री ताहरिक रहमानले नेपालमा फागुन २१ गतेसम्पन्न प्रतिनिधिसभा

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई