एमसीसीलाई लेखेको पत्रबारे प्रचण्डको प्रस्टीकरण « Khabarhub

एमसीसीलाई लेखेको पत्रबारे प्रचण्डको प्रस्टीकरण


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्रबारे भएको टिप्पणीमा ध्यानाकर्षण भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डको सचिवालयले ध्यानाकर्षण पत्र लेख्दै प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दवाव रहेको तथा राष्ट्रियहित तथा गठबन्धन र सरकारको लागि पत्र लेखिएको उल्लेख गरिएको छ ।

पत्रका बारेमा रानजनीतिक वृत्त तथा जनस्तरबाट भएका क्रिया र टिप्पणी उचित नभएको प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयले जारी गरेको ध्यानाकर्षण पत्र यस्तो छ :

२९ सेप्टेम्बर २०२१ मा एमसीसी मुख्यालयलाई प्रधानमन्त्री र हाम्रो पार्टीका अध्यक्षको तर्फबाट लेखिएको पत्र र त्यसबारे राजनैतिक वृत्त तथा जनस्तरमा गरिएका टिप्पणी, क्रिया र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

प्रतिगमनलाई परास्त गरि भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दवाव भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो। र, पत्रमा एमसीसीका लागि राष्ट्रिय सहमति आवस्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केहि समय आबस्यक पर्ने कुरा उल्लेख गरिएको हो।
देशमा एकातिर एमसीसीबारे राजनैतिक वृत्त, बुद्धिजीवी, प्रेसदेखि जनस्तरसम्म बिरोध र दवावको अवस्था विधमान रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले एमसीसीबारे गठन गरेको कार्यदलले पनि यसलाई ‘परिमार्जन बिना पारित गर्न नसकिने’ निचोड प्रस्तुत गरेकोले समेत गठबन्धनभित्रै यसबारे एउटै मत बनिहाल्ने अवस्था थिएन।

यही वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कुटनैतिक पहललाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ छैन।

हामीले देश र जनताको हितलाई सर्वोपरि ठानी आफ्नो पार्टीका धारणा स्पष्ट गर्दै आएका छौँ। यो परियोजना परिमार्जन बिना पारित गर्नु हुँदैन भन्नेमा हाम्रो पार्टी दृढ छ। यसबारे गरिएका नियोजित प्रचारवाजिको भ्रममा नपर्न सम्पुर्ण पार्टी पङ्ती र न्यायप्रेमी जनसमुदायमा हामी हार्दिक अपील गर्दछौं।

अध्यक्ष कमरेड प्रचण्डको सचिवालय

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ८ : २७ बजे

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छ : रास्वपा सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक विपद्को

मुस्ताङलाई भूराजनीतिक प्रतिस्पर्धाको अखडा बन्न नदिन राष्ट्रिय मुक्ति क्रान्तिको आग्रह

काठमाडौं– मुस्ताङलाई अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूको सैन्यकरण र भूराजनीतिक प्रतिस्पर्धाको क्रीडास्थल

अमेरिकाले विश्वव्यापी भिसा समय रोकेको रिपोर्ट

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले आप्रवासनसम्बन्धी छानविन कडा

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै