बक्सिङका कीर्तिमानी खेलाडीलाई नगतसहित सम्मान « Khabarhub

बक्सिङका कीर्तिमानी खेलाडीलाई नगतसहित सम्मान


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण एशियाली मुलुकको १३औँ साफ खेलकुदमा बक्सिङमा नेपालको तर्फबाट सहभागी भएर पदक जित्न सफल खेलाडी तथा अफिसर्स टिमलाई कीर्तिपुरमा सम्मान गरिएको छ ।

मार्शल आर्ट अर्गनाइजेन नेपालको आयोजनामा शनिबार कीर्तिपुर-४ स्थित सिम क्षेत्रको ‘विथ लोकल्स’ नेपाल फार्म हाउसमा भएको आत्मरक्षा प्रशिक्षण कार्यक्रममा बक्सिङ खेलका कीर्तिमानी खेलाडीलाई कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सम्मान नगद पुरस्कारका साथै सम्मानपत्र हस्तान्तरण गरे ।

कीर्तिपुर-७ का कोच उमेश कटुवाललाई नगद पुरस्कार ५० हजार र सम्मानपत्रसहित सम्मान गरिएकाे छ । साफमा संवरण पदक विजेता मीना गुरूङ र भुपेन्द्र थापालाई नगद पुरस्कार ५-५ हजारसहित सम्मानपत्रसहित सम्मानित भएका छन् ।

रजत पदक पदक बिजेता खेलाडी ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रशान्त, आशिष दवाडी र कास्य पदक विजेता सुशील थापा, तेजबहादुर देवान, पूर्ण राई, विकास लामा, अर्जुन सेभु, चन्द्रकला थापा र अफिसियल टिमका नेपाल चिफ कोच प्रकाश थापा मगर, डम्बर दत्त भट्ट, प्रवीण तुलाधर, दीपक महर्जन, किशोर लिम्बू र म्यानेजर टिमका प्रेम फौजु र प्रमिला राई सम्मानित भएका छन् ।

मार्शल आर्ट अर्गनाईजेन नेपालका अध्यक्ष तथा नेपाल उसु संघका उपाध्यक्ष राजीव महर्जनको सभापतित्वमा भएको कार्यक्रमका संयोजक सुदीप महर्जन रहेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ९ : २३ बजे

प्रधानमन्त्रीको सन्देश : पुराना दलले आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैन

काठमाडौं– मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला

पितृशोकमा रहेका ओली भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री पनि जाँदै

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति

दाउरा थकाली पुनः सञ्चालनमा

काठमाडौं– ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्ट नयाँ उत्साह र परिष्कृत

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

काठमाडौं– नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ

इरानी मिसाइल आक्रमणपछि इजरायलका कयौँ सहरमा आगलागी

तेहरान- इरानले प्रहार गरेको मिसाइलपछि इजरायलका केही क्षेत्रमा आगलागी भएको