बक्सिङका कीर्तिमानी खेलाडीलाई नगतसहित सम्मान « Khabarhub

बक्सिङका कीर्तिमानी खेलाडीलाई नगतसहित सम्मान


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण एशियाली मुलुकको १३औँ साफ खेलकुदमा बक्सिङमा नेपालको तर्फबाट सहभागी भएर पदक जित्न सफल खेलाडी तथा अफिसर्स टिमलाई कीर्तिपुरमा सम्मान गरिएको छ ।

मार्शल आर्ट अर्गनाइजेन नेपालको आयोजनामा शनिबार कीर्तिपुर-४ स्थित सिम क्षेत्रको ‘विथ लोकल्स’ नेपाल फार्म हाउसमा भएको आत्मरक्षा प्रशिक्षण कार्यक्रममा बक्सिङ खेलका कीर्तिमानी खेलाडीलाई कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सम्मान नगद पुरस्कारका साथै सम्मानपत्र हस्तान्तरण गरे ।

कीर्तिपुर-७ का कोच उमेश कटुवाललाई नगद पुरस्कार ५० हजार र सम्मानपत्रसहित सम्मान गरिएकाे छ । साफमा संवरण पदक विजेता मीना गुरूङ र भुपेन्द्र थापालाई नगद पुरस्कार ५-५ हजारसहित सम्मानपत्रसहित सम्मानित भएका छन् ।

रजत पदक पदक बिजेता खेलाडी ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रशान्त, आशिष दवाडी र कास्य पदक विजेता सुशील थापा, तेजबहादुर देवान, पूर्ण राई, विकास लामा, अर्जुन सेभु, चन्द्रकला थापा र अफिसियल टिमका नेपाल चिफ कोच प्रकाश थापा मगर, डम्बर दत्त भट्ट, प्रवीण तुलाधर, दीपक महर्जन, किशोर लिम्बू र म्यानेजर टिमका प्रेम फौजु र प्रमिला राई सम्मानित भएका छन् ।

मार्शल आर्ट अर्गनाईजेन नेपालका अध्यक्ष तथा नेपाल उसु संघका उपाध्यक्ष राजीव महर्जनको सभापतित्वमा भएको कार्यक्रमका संयोजक सुदीप महर्जन रहेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ९ : २३ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी