रियल मड्रिडलाई च्याम्पियन्स लिगमा हराएका फुटबल म्यानेजर सेनामा भर्ती हुन युक्रेन फर्किए « Khabarhub

रियल मड्रिडलाई च्याम्पियन्स लिगमा हराएका फुटबल म्यानेजर सेनामा भर्ती हुन युक्रेन फर्किए


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल रुसले पश्चिमी छिमेकी मुलुक युक्रेनमा व्यापक आक्रमण गरिरहेको छ । आक्रमणका क्रममा हजारौँको ज्यान गइसकेको अनुमान छ भने अरु लाखौं मानिसहरु विस्थापित भई देश छाडिरहेका छन् ।

केही युक्रेनीहरु भने विदेशी आक्रमणविरुद्ध देशलाई जोगाउन हतियार समेत बोक्न बाध्य भइरहेका छन् । मुलुक रक्षाका लागि युक्रेनका आम युक्रेनीदेखि राजनीतिज्ञ र सेलिब्रेटीहरु समेत लागि परिरहेका छन् ।

युक्रेनी फुटबलका एक जना चर्चित म्यानेजर पनि हालै फुटबलको काम छाडेर आफ्नो देशको रक्षार्थ हतियार उठाउन बाध्य भएका छन् । छिमेकी देश मोल्दोभाको शेरिफ टिरास्पोल फुटबल क्लबमा म्यानेजरको काम गर्दै आएका ५६ वर्षे युक्रेनी नागरिक युरी भेर्निडबले तत्कालका लागि फुटबलका सबै काम छाडेर युक्रेनी फौजमा सामेल हुन स्वदेश फर्केका हुन् ।

यही सिजन युरोपेली फुटबलको शीर्ष च्याम्पियन्स लिगमा १३ पटकको विजेता स्पेनी रियल मड्रिडलाई उसकै घर सान्टियागो बेर्नाबेउमा पराजित गरेर चर्चामा आएका उनी अहिले भने मातृभूमिको रक्षा गर्न हतियार बोक्न बाध्य भएको फुटबलको समाचार लेख्ने गोल डट कमले जनाएको छ ।

‘मलाई हतियार चलाउन कुनै समस्या छैन ।’ बीबीसीलाई दिएको अन्तरवार्तामा उनले भनेका छन्, ‘मलाई बिहान साढे चार बजे छोरोले फोन गर्यो र रुसीहरुले आक्रमण गरेको बारे सुनायो । मलाई थाहा थियो, युद्धमा लड्न मैले युक्रेन फर्किनुपर्छ ।’

‘म ढाट्न चाहन्न, जब म घर फर्किरहेको थिएँ, मैले धेरै बलिया मानिसहरुले देश छाडिरहेको देखेँ । यदी तिनीहरु फर्किएमा म खुशी हुनेथिएँ । उनीहरु रोमानिया, मोल्दोभा र अरु देशहरुमा आफ्ना परिवारसहित किन गइरहेका छन् भन्ने म बुझ्न सक्छु ।’ उनले भने, ‘हाम्रै ठाउँमा पनि धेरै मानिसहरुले घर छाडिरहेका छन् । खार्कोभ, जापोरोजे, लुगान्स्क, डोनेत्स्कका मानिसहरु… तर म उनीहरुले जस्तो गर्न सक्दिन । मैले आफैलाई भनेको छु, जब म घर पुग्छु, सेनामा भर्ती हुन पुगिहाल्छु ।’

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १२ : ५९ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र