अमेरिका र चीनका विदेशमन्त्रीबीच कुराकानी « Khabarhub

अमेरिका र चीनका विदेशमन्त्रीबीच कुराकानी


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनबीच टेलिफोन वार्ता भएको छ । सो फोनवार्ताका क्रममा दुई विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध एवम् पछिल्लो समय विकसित विश्व राजनीतिक घटनाक्रमबारे कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । साथै रुसले हालै युक्रेनमाथि गरिरहेको आक्रमणका विषयमा पनि सो अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

फोनवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले युक्रेनमा रुसले गरेको आक्रमणका बारेमा आफ्नो धारणा प्रस्तुत गरेको सिन्ह्वाले जनाएको छ । युक्रेनमा रुसद्वारा जारी हमलाको अमेरिकाले विरोध गर्दै आएको छ ।

उता चिनियाँ विदेशमन्त्री वाङले भने युक्रेनमा जेजस्तो परिस्थितिको विकास भइरहेको छ, चीनले त्यो नचाहेको जवाफ दिएका थिए ।

युक्रेनमा रुसले गएको ११ दिन देखि सैनिक कारवाही गरिरहेको छ । युक्रेन र रुसका बीचमा भोलि सोमबार तेस्रो चरणको शान्ति वार्ता हुने बताइएको छ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १ : ५६ बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्गृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक