अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा « Khabarhub

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा घोषणा गरेको छ।

जिल्ला प्रशासनले राति ढिलो सूचना जारी गर्दै आज र भोलिका लागि यो निर्णय लागू गरेको हो। बिदाको कारण स्पष्ट रूपमा खुलाइएको छैन, तर यसलाई सुरक्षा तयारीसँग जोडेर हेरिएको छ।

यस शुक्रबार इस्लामाबादमा अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता हुने तय भएको छ। ह्वाइट हाउसका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले अमेरिकी टोलीको नेतृत्व गर्नेछन्।

इस्लामाबादमा यसअघि पनि ठूला कूटनीतिक कार्यक्रमअघि सुरक्षा कारण देखाउँदै यस्ता कदमहरू चालिँदै आएका छन्।

प्रशासनका अनुसार यो बिदा इस्लामाबाद क्यापिटल टेरिटरीमा मात्र लागू हुनेछ। प्रहरी, अस्पताल, विद्युत् र ग्यासजस्ता अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालनमा रहनेछन्।

इरानी प्रतिनिधिमण्डल पाकिस्तान जाँदै

इरानको एक प्रतिनिधिमण्डल आज राति पाकिस्तानको इस्लामाबादतर्फ प्रस्थान गर्ने भएको छ। १० बुँदे शान्ति प्रस्तावबारे छलफल गर्न यो भ्रमण तय गरिएको हो।

पाकिस्तानका लागि इरानी राजदूत रेजा अमीरी मोगद्दमले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् यसको जानकारी दिएका छन्। उनका अनुसार प्रतिनिधिमण्डल इस्लामाबाद पुगेर प्रस्तावित शान्ति योजनाबारे छलफल गर्नेछ।

मोगद्दमले इरानभित्र यस कूटनीतिक पहलप्रति केही शंका रहेको पनि बताएका छन्। उनले इजरायली सरकारले यस पहललाई ‘स्याबोटाज’ गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

यद्यपि, इरानले वार्ता प्रक्रिया जारी राख्ने निर्णय गर्दै प्रतिनिधिमण्डल पाकिस्तान पठाउने निर्णय गरेको हो।

ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अन्तिम सम्झौताको पूर्ण कार्यान्वयन नभएसम्म अमेरिका आफ्ना जहाज, विमान, सेना र हतियार इरान वरिपरि तैनाथ राख्ने बताएका छन्। उनले यो कुरा आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मार्फत् सार्वजनिक गरेका हुन्।

ट्रम्पले यदि कुनै कारणले सम्झौता कार्यान्वयन भएन भने फेरि गोलीबारी सुरू हुन सक्ने चेतावनी दिएका छन्। उनले जुन अझ ठूलो, शक्तिशाली र विनाशकारी हुने बताएका छन्। उनले यस्तो अवस्था आउने सम्भावना कम भए पनि अमेरिका पूर्ण रूपमा तयार रहेको बताए।

उनले पुनः दोहोर्‍याउँदै इरानसँग परमाणु हतियार नहुने कुरा पहिले नै तय भइसकेको बताए । उनले होर्मुज जलडमरू खुला तथा सुरक्षित राखिनेछ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ११ : ३७ बजे

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको