युक्रेनको गोप्य हतियार – ३० माइलसम्म मार हान्ने अत्याधुनिक ड्रोन | Khabarhub Khabarhub

युक्रेनको गोप्य हतियार – ३० माइलसम्म मार हान्ने अत्याधुनिक ड्रोन


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गएको ११ दिनदेखि युक्रेनमा रुसी आक्रमण जारी छ । युद्धमा दुबै पक्षले अत्याधुनिक हतियारको पनि प्रयोग गर्दै आएका छन् । रुसी पक्षले लक्षित निशानामा सटीक प्रहार गर्न सक्ने अत्याधुनिक क्षेप्यास्त्रको प्रयोग गरी हवाई मैदान, सैनिक पूर्वाधार र अन्य सैनिक पूर्वाधारहरूमा आक्रमण गरिरहेको दाबी गर्दै आएको छ ।

यद्यपि युक्रेनी पक्षले भने सार्वजनिक पूर्वाधार र आवसीय क्षेत्रमा पनि आक्रमण जारी रहेको बताउने गरेको छ । अहिले भने युक्रेनी पक्षले पनि अत्याधुनिक चालकरहित विमान ड्रोनको प्रयोग गरी रुसी निशानामा आक्रमण गरिरहेको खुलासा भएको छ । द टाइम्स अफ लण्डनले प्रकाशित गरेको समाचारअनुसार युक्रेनी फौजले ‘खेल नै परिवर्तन गर्ने’ नयाँ किसिमको ड्रोन प्रयोगमा ल्याएको हो ।

‘पनिशर’ नाम दिइएको यस किसिमको ड्रोन आकारमा पनि सानो रहेको र ३ किलोग्रामसम्म विष्फोटक बोकेर दुश्मनको मोर्चाभन्दा ३० माइल टाढासम्म मार हान्न सक्ने जनाइएको छ । युक्रेनी ड्रोन डिजाइन गर्ने कम्पनी ‘यूए– डाइनामिक्स’ का इन्जिनियर युजेन बुलात्सेभलाई उद्धृत गर्दै जनाइएअनुसार रुसी आक्रमण शुरु भएयता यो ड्रोनले ६० भन्दा धेरै ‘सफल कारवाही’ गरिसकेको छ ।

‘लामो दुरीसम्म मानवीय क्षति नहुनेगरी मार हान्ने यो सबैभन्दा सस्तो र सजिलो उपाय हो ।’ बुलात्सेभले उक्त समाचापत्रलाई बताएका छन् । यो विद्युतीय ड्रोनको पखेटा ७.५ फुट लामो रहेको र यसले १३ सय फिटको उचाइसम्म घण्टौं उडान भर्नसक्ने दाबी गरिएको छ । नियन्त्रण प्रणालीमा भौगोलिक अवस्थितिको तथ्यांक भरेमात्रै पुग्ने यो ड्रोनले उक्त क्षेत्रमा गई स्वचालित रुपमा आक्रमण गर्नसक्ने बताइएको छ ।

यो ड्रोनका साथमा ‘स्पेक्टर’ भन्ने अर्को जासुसी ड्रोन पनि उडाइने र जासुसी ड्रोनबाट प्राप्त लक्ष्यमाथि ‘पनिशर’ ड्रोनले आक्रमण गर्ने प्रणाली रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो ड्रोनका प्राथमिक निशानाहरु इन्धन तथा गोलबारुद भण्डारण, विद्युतीय युद्धकेन्द्र, हवाई प्रतिरोधी क्षेप्यास्त्र प्रणालीजस्ता अचल पूर्वाधारहरू रहेको जनाइएको छ ।

कसले आफूमाथि आक्रमण गर्यो भन्ने नै थाहा पाउन मुस्किल पर्ने भएकाले यस हतियारले रुसी फौजको मनोबल पनि गिराइरहेको बुलात्सेभको भनाइ छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  २ : ५५ बजे

टी २० विश्वकप : वेस्ट इन्डिजको सुखद सुरूवात, पीएनजी पाँच विकेटले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२४ मा वेस्ट इन्डिजले विजयी

सर्वोच्चले जोशीविरुद्धको फैसलाको निर्णय साउन १३ गते सुनाउने

काठमाडौं – सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको मुद्दामा आगामी साउन

विश्वकपमा उच्च मनोबलका साथ विजयको ताज पहिरिने प्रयास हुनेछ : रोहित पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी

श्रीलङ्कामा ७१ उच्च जोखिमयुक्त डेङ्गु क्षेत्र घोषणा

कोलम्बो – श्रीलङ्काको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडिसियु) ले आइतबार

टी २० विश्वकप : पीएनजीले वेस्ट इन्डिजलाई दियो एक सय ३७ रनको लक्ष्य

गुयाना । आईसीसी टी–२० विश्वकपको दोस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)ले