युक्रेनको गोप्य हतियार – ३० माइलसम्म मार हान्ने अत्याधुनिक ड्रोन « Khabarhub

युक्रेनको गोप्य हतियार – ३० माइलसम्म मार हान्ने अत्याधुनिक ड्रोन


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गएको ११ दिनदेखि युक्रेनमा रुसी आक्रमण जारी छ । युद्धमा दुबै पक्षले अत्याधुनिक हतियारको पनि प्रयोग गर्दै आएका छन् । रुसी पक्षले लक्षित निशानामा सटीक प्रहार गर्न सक्ने अत्याधुनिक क्षेप्यास्त्रको प्रयोग गरी हवाई मैदान, सैनिक पूर्वाधार र अन्य सैनिक पूर्वाधारहरूमा आक्रमण गरिरहेको दाबी गर्दै आएको छ ।

यद्यपि युक्रेनी पक्षले भने सार्वजनिक पूर्वाधार र आवसीय क्षेत्रमा पनि आक्रमण जारी रहेको बताउने गरेको छ । अहिले भने युक्रेनी पक्षले पनि अत्याधुनिक चालकरहित विमान ड्रोनको प्रयोग गरी रुसी निशानामा आक्रमण गरिरहेको खुलासा भएको छ । द टाइम्स अफ लण्डनले प्रकाशित गरेको समाचारअनुसार युक्रेनी फौजले ‘खेल नै परिवर्तन गर्ने’ नयाँ किसिमको ड्रोन प्रयोगमा ल्याएको हो ।

‘पनिशर’ नाम दिइएको यस किसिमको ड्रोन आकारमा पनि सानो रहेको र ३ किलोग्रामसम्म विष्फोटक बोकेर दुश्मनको मोर्चाभन्दा ३० माइल टाढासम्म मार हान्न सक्ने जनाइएको छ । युक्रेनी ड्रोन डिजाइन गर्ने कम्पनी ‘यूए– डाइनामिक्स’ का इन्जिनियर युजेन बुलात्सेभलाई उद्धृत गर्दै जनाइएअनुसार रुसी आक्रमण शुरु भएयता यो ड्रोनले ६० भन्दा धेरै ‘सफल कारवाही’ गरिसकेको छ ।

‘लामो दुरीसम्म मानवीय क्षति नहुनेगरी मार हान्ने यो सबैभन्दा सस्तो र सजिलो उपाय हो ।’ बुलात्सेभले उक्त समाचापत्रलाई बताएका छन् । यो विद्युतीय ड्रोनको पखेटा ७.५ फुट लामो रहेको र यसले १३ सय फिटको उचाइसम्म घण्टौं उडान भर्नसक्ने दाबी गरिएको छ । नियन्त्रण प्रणालीमा भौगोलिक अवस्थितिको तथ्यांक भरेमात्रै पुग्ने यो ड्रोनले उक्त क्षेत्रमा गई स्वचालित रुपमा आक्रमण गर्नसक्ने बताइएको छ ।

यो ड्रोनका साथमा ‘स्पेक्टर’ भन्ने अर्को जासुसी ड्रोन पनि उडाइने र जासुसी ड्रोनबाट प्राप्त लक्ष्यमाथि ‘पनिशर’ ड्रोनले आक्रमण गर्ने प्रणाली रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो ड्रोनका प्राथमिक निशानाहरु इन्धन तथा गोलबारुद भण्डारण, विद्युतीय युद्धकेन्द्र, हवाई प्रतिरोधी क्षेप्यास्त्र प्रणालीजस्ता अचल पूर्वाधारहरू रहेको जनाइएको छ ।

कसले आफूमाथि आक्रमण गर्यो भन्ने नै थाहा पाउन मुस्किल पर्ने भएकाले यस हतियारले रुसी फौजको मनोबल पनि गिराइरहेको बुलात्सेभको भनाइ छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  २ : ५५ बजे

विषाक्त खानाबाट इन्डोनेसियामा २६९ विद्यार्थी बिरामी

एजेन्सी– इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा खाना खाएपछि बिरामी परेका कम्तीमा

लागूऔषधसहित एघार जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

जाजरकोटमा बाढीले घर र पुल बगायो

काठमाडौं– अविरल वर्षाका कारण गएराति जाजरकोटको नलगाड नगरपालिका–१० मा तासुघाट

मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै

मकवानपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दिएको समर्थन फिर्ता लिएपछि बागमती

पुटिनको भ्रमणपछि जापानलाई अमेरिकी समर्थन

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विवादित कुरिल टापुको भ्रमण गरेपछि