अर्ली इलेक्सनको सम्भावना नै छैन : नेता पुन « Khabarhub

अर्ली इलेक्सनको सम्भावना नै छैन : नेता पुन


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वर्षमान पुनले ‘अर्ली इलेक्सन’ को सम्भावना नभएको बताएका छन् । आगामी वैशाखमा स्थानीय निर्वाचनको मिति घोषणा भइसकेकाले अब प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ सम्भावना नै रहेको उनले बताए ।

संसद भवनबाट आइतबार बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘स्थानीय निर्वाचन वैशाखमा हुने भएपछि अब कार्तिक वा मंसिर नभइ प्रतिनिधिसभाको निर्वाचन सम्भावना छैन । कानुनी रुपले, अभ्यासका हिसाबले, परम्परागत रुपमा पनि मंसिरपछि पाँच वर्ष पूरा भइसक्ने हुँदा यसपछि पनि निर्वाचन गर्न मिल्दैन । साथै, हाम्रो देशको भौगोलिक अवस्था, मौसम आदिले पनि दुई सिजनभन्दा बाहेक निर्वाचन गर्न सक्दैनौँ । अब अर्ली भन्दैमा भदौ असोजअघि निर्वाचनको सम्भावना छैन ।’

उनले ५-६ महिनादेखि संसद अनिर्णयको अवस्थामा रहने र चल्न नसकेकाे अवस्थामा जनताका विषयमाथि नै छलफल गर्न नसक्ने भएकाले पार्टी नेतृत्वले यस्तो सोचेको हुनसक्ने बताए । सो क्रममा उनले अब स्थानीय निर्वाचन सार्ने सम्भावना पनि नभएको नभएको बताए । कानुनी रुपले र संवैधानिक रुपले पनि वैशाख महिना नै निकै ‘टाइट’ रहेको उनले बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ३ : ३९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी