एकैदिन युक्रेनले दुईवटा रुसी लडाकु विमान खसाल्यो « Khabarhub

एकैदिन युक्रेनले दुईवटा रुसी लडाकु विमान खसाल्यो


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनी फौजले शनिबारमात्रै दुई रुसी लडाकु विमान खसालेको दाबी गरेको छ ।

उत्तरी शहर चेर्निभ बाहिर उडिरहेको रुसी लडाकु विमानलाई युक्रेनका ‘हवाई रक्षा विशेषज्ञ’ ले खसालेको युक्रेनी रक्षामन्त्रालयले जनाएको छ । रक्षामन्त्रालयले ट्वीट मार्फत् भिडियो सार्वजनिक गर्दै रुसी लडाकु विमान खसालिदिएको जनाएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार घटनामा विमानका एक सहचालक ‘मेजर क्रिभोलापोभ’ को मृत्यु भएको छ ।

विमानका अर्का सहचालक ‘क्रास्नोयात्र्सेभ’ विमानबाट प्याराशुटमार्फत उम्केको जनाइएको छ । उनलाई युक्रेनी फौजले नियन्त्रणमा लिएका छन् ।

त्यस्तै, अर्को घटनामा युक्रेनी फौजले मुलुकको दक्षिणमा पर्ने मिकोलायेभ शहर नजिक अर्को रुसी लडाकु विमान खसालेको छ ।

युक्रेनको नेक्स्टा टेलिभिजनले जनाएअनुसार यस घटनामा पनि एकजना रुसी विमानचालकलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ४ : १० बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक