व्यवसायिक गोलभेँडा खेतीले फेरियो महिलाको जीवनशैली « Khabarhub

व्यवसायिक गोलभेँडा खेतीले फेरियो महिलाको जीवनशैली


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि पाल्पाका किसानको जीवनशैलीमा परिवर्तन देखिएको छ ।

गोलभेँडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी लघुवा यतिबेला व्यावसायिक गोलभेँडा खेतीका लागि प्रख्यात बनेका छन् । महिला किसानले व्यावसायिक रूपमा गोडभेँडा खेतीमा आकर्षित भएका छन् ।

टनेलभित्र गोलभेँडा उत्पादन गर्दा राम्रो आम्दानी हुन थालेपछि उनीहरू यसको व्यावसायिक खेतीमा लागेका हुन् । यसले महिला आत्मनिर्भर बन्दै गएका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवाकी गंगा कुँवरले एक वर्षअघि कुँवर पशुपालन तथा कृषि फर्म गाउँपालिकाको कृषि शाखामा दर्ता गराएका थिए ।

व्यावसायिक कृषि कर्म गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याएको फर्ममार्फत कुवँरले आठ वटा टनेलमा आठ लाखको लगानीमा सञ्चालनमा ल्याएको टनेलभित्र बेमौसमी तरकारी उत्पादन गर्न सजिलो भएको उनको भनाइ छ ।

गोलभेँडा खेतीबाट मासिक ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको उनले बताइन् । दसैँपछि नियमित रूपमा आम्दानी भएको कुँवरको भनिन् । टनेलभित्र उत्पादित तरकारीमा रोग, किरा तथा पानीबाट सुरक्षित राख्दा उत्पादन बढी हुने गरेका छन् । एक पटक टनेल निर्माण गरेपछि पटक–पटक तरकारी खेतीका लागि संरचना निर्माण गर्नुपर्ने झन्झटसमेत हटेको छ ।

खुला आकाशमुनि गोलभेँडा खेती गर्ने किसानलाई अहिले टनेलभित्र काम गर्दा असिनापानी तथा शीतबाट जोगाउन सजिलो भएको उनले बताइन् ।

टनेलभित्रको जमिनमा प्लास्टिक बिछ्याकाले झार गोडिरहनुपर्ने समस्या छैन । चिसो तथा पानीबाट जोखिएपछि लामो समय गोडभेँडाले उत्पादन हुने गरेको बताउछिन् अर्का किसान शर्मिला कुँवरको भनाइ छ ।

गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानले गोलभेँडामा रहेको परनिर्भरतासमेत हटाएका छन् । पाल्पामा उत्पादित गोडभेँडा रुपन्देहीको बुटबल, रुपन्देही, स्याजा पोखरा, चितवनसम्म निर्यात हुँदै आएको छ ।

गोलभेँडा खेतीबाट मात्रै पाल्पामा एक हजारभन्दा बढी किसानले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । यहाँ उत्पादित ८० प्रतिशत गोलभेँडा पोखरामा निर्यात हुँदै आएको छ । पाल्पा, बुटवल र स्याङ्जा क्षेत्रमा २० प्रतिशत निर्यात हुन्छ ।

आम्दानीको स्रोत बढेपछि स्थानीयबासिन्दाको स्वास्थ्य, शिक्षा, सञ्चारलगायतका क्षेत्रमा पहुँच बढेको छ । श्रम र पसिना बगाउन हिम्मत गर्ने महिलाका लागि स्वदेशमा नै राम्रो कमाइ हुने कृषि क्षेत्रमा लागेका महिलाले देखाएका छन् । परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिक गोलभेँडा खेती गरिरहेकी शर्मिला कुँवर आफैले व्यावसायिक खेती गर्दा जीविकोपार्जन गर्न सजिलो भएको उनले बताइन् ।

आफ्नै कमाइमा छोराछोरी पढाउनदेखि घरव्यवहार चलाउन सफल भएकोमा यहाँका महिलाहरू गर्व गर्छन् । सानो कामका लागि पनि ऋणसापट गर्नुपर्ने बाध्यता भोगेका उनीहरू मिहिनेत गर्यो भने पैसामात्र होइन, सुख पनि पाइने अनुभव व्यक्त गर्छन् । गोलभेँडा बेचेर गतिलो आम्दानी गर्दै यहाँका महिला किसान् भन्छन्, “व्यवसाय गरेर आत्मनिर्भर भएपछि गाउँसमाजले पनि आशा र विश्वासको नजरले हेर्न थालेका छन् ।”

कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय तह तथा गैरसरकारी संस्थाले गोलभेँडा खेतीमा सहयोग गर्दै आएका छन् । गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले कृषि तथा पशुपालनका क्षेत्रमा अनुदान प्रदान गरिएको बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ५ : ५२ बजे

भोटेकोशी बाढी : शव पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौं– भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले

बाढीपछि बागेश्वरी माविको सरसफाइमा नेपाली सेना

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त बागेश्वरी माध्यमिक

भोटेकोसी पहिरो : सडकको अवरोध हटाउँदै केरूङबाट १ किलोमिटर नजिक आइपुग्यो चिनियाँ टोली

तिब्बत- चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा गत बुधबार आएको

भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

काठमाडौं– आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

चीन, इरान र रूससहितका नेता एससीओ शिखर सम्मेलनका लागि किर्गिस्तानमा

किर्गिस्तान– चीनका राष्ट्रपति सी जिनपिङ र इरानका राष्ट्रपति मसूद पेजेस्कियान