राष्ट्रपतिसमक्ष प्रधानमन्त्री र प्रधानसेनापतिले प्रतिवेदन बुझाए « Khabarhub

राष्ट्रपतिसमक्ष प्रधानमन्त्री र प्रधानसेनापतिले प्रतिवेदन बुझाए


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ–आफ्नोतर्फबाट प्रतिवेदन बुझाएका छन् ।

प्रधानमन्त्री देउवाले सरकारी तथा प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएका हुन् ।

‘आज प्रधानमन्त्री र प्रधानसेनापतिज्यूूले सरकारी र राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनु भएको हो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता नभएर प्रतिवेदन बुझाउने काम मात्र भएको उनले बताए ।

‘राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको होइन,’ उनले भने, ‘प्रतिवेदन बुझाउने काम मात्र भएको हो ।’

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ४ : ४१ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी