काठमाडौं – अमेरिकाको आयोवा राज्यमा आएको आँधीमा परी ६ जनाको मृत्यु भएको छ । राज्यको म्याडिसन काउन्टीमा शनिबार आएको आँधीका कारण उनीहरूको मृत्यु भएको हो ।
अमेरिकी सञ्चारमाध्यमहरूले आँधीमा परी मृत्यु हुनेमा चार वयस्क र दुई बालबालिका रहेको जनाएका छन् । आँधीबाट अरु चार जना घाइते भएको जनाइएको छ ।
‘मध्य आयोवाको लागि सबैभन्दा खराब समय समाप्त भएको छ । तुफानहरू पूर्वतिर सर्दै छन् ।’ राष्ट्रिय मौसम सेवा डे मोइनले ट्वीट गरेर जानकारी दिएको छ । आइतबारको क्षतिको राम्ररी अनुसन्धान गरिने बताइएको छ ।
यो आँधी स्थानीय समुदायको लागि धेरै विनाशकारी रहेको र उद्धार प्रयासहरू रातभर जारी रहने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
आयोवाका गभर्नर किम रेनोल्ड्सले म्याडिसन काउन्टीको लागि प्रकोपको घोषणा गरेका छन् । यस घोषणाले राज्यका स्रोत साधनलाई आँधीपछिको अवस्था सुधार्नको लागि सहयोग र प्रयोगको अनुमति दिने बताइएको छ ।
प्रतिक्रिया