अमेरिकामा आँधिमा परी ६ जनाको मृत्यु « Khabarhub

अमेरिकामा आँधिमा परी ६ जनाको मृत्यु


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको आयोवा राज्यमा आएको आँधीमा परी ६ जनाको मृत्यु भएको छ । राज्यको म्याडिसन काउन्टीमा शनिबार आएको आँधीका कारण उनीहरूको मृत्यु भएको हो ।

अमेरिकी सञ्चारमाध्यमहरूले आँधीमा परी मृत्यु हुनेमा चार वयस्क र दुई बालबालिका रहेको जनाएका छन् । आँधीबाट अरु चार जना घाइते भएको जनाइएको छ ।

‘मध्य आयोवाको लागि सबैभन्दा खराब समय समाप्त भएको छ । तुफानहरू पूर्वतिर सर्दै छन् ।’ राष्ट्रिय मौसम सेवा डे मोइनले ट्वीट गरेर जानकारी दिएको छ । आइतबारको क्षतिको राम्ररी अनुसन्धान गरिने बताइएको छ  ।

यो आँधी स्थानीय समुदायको लागि धेरै विनाशकारी रहेको र  उद्धार प्रयासहरू रातभर जारी रहने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

आयोवाका गभर्नर किम रेनोल्ड्सले म्याडिसन काउन्टीको लागि प्रकोपको घोषणा गरेका छन् । यस घोषणाले राज्यका स्रोत साधनलाई आँधीपछिको अवस्था सुधार्नको लागि सहयोग र प्रयोगको अनुमति दिने बताइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ५ : ४५ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका